काठमाडौँ : नेपाल र अफ्रिकी मुलुक जिबुटीबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक दौत्य सम्बन्ध १४७ देशमा विस्तार भएको छ।
कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा न्युयोर्कस्थित स्थायी नेपाली नियोगमा आयोजित एक समारोहमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सोही विश्व संस्थाका निम्ति जिबुटीका स्थायी प्रतिनिधि मोहमेद सियाद दोलेहले हस्ताक्षर गरे।
त्यस अवसरमा दुवै मुलुकका स्थायी प्रतिनिधिले एक आपसमा सहयोग प्रवद्र्धनका साथै शान्ति र विकास निम्ति अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ।
नेपाल र जिबुटीबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएकाबारे दुवै मुलुकका स्थायी प्रतिनिधिले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई जानकारी गराएका थिए। रासस