काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले आज उज्वेकिस्तानसँग समूहको दोस्रो खेल खेल्दैछ। यसअघि डिफेन्समा गल्ती गर्दा नेपाल पहिलो खेलमा आयोजक युएईसँग ५-० ले पराजित भएको थियो।
उज्वेकिस्तान विरुद्ध अल अइनस्थित तहनोउन बिन मोहम्मद स्टेडियममा खेल्दा नेपानलको लागि सबैभन्दा ठूलो चुनौती डिफेन्समा सुधार गर्नु हुनेछ।
अघिल्लो चरणको सम्भावना कायम राख्नकै लागि पनि नेपालल उज्वेकिस्तानलाई हराउनुपर्नेछ भने हारले समूह चरणबाटै बाहिरिनेछ। पहिलो खेलमा उज्वेकिस्तानले लेवनानलाई ३-१ ले हराएको थियो। त्यसैले पनि उज्वेकिस्तानलाई हराउनु नेपालको लागि कठिन छ।
समूह डी को अंकतालिकामा नेपालले पूछारमा छ। नेपालले बुधबार अन्तिम खेल लेवनानसँग खेल्नेछ।