PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अट्लान्टिक सामुद्रीक किनारमा डुङ्गा डुब्दा क्यामरुनका ३४ सैनिक बेपत्ता



रासस

अट्लान्टिक सामुद्रीक किनारमा डुङ्गा डुब्दा क्यामरुनका ३४ सैनिक बेपत्ता

याउन्डे : क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुङ्गा डुब्दा कम्तीमा ३४ जना बेपत्ता भएका छन्। 

वेपत्ता भएका मध्ये क्यामरुनको सेनाको द्रुत उद्धार समूहका जवानहरू रहेक रक्षा मन्त्रालयले जनाएको छ। सेनाले आइतबार भएको सो घटनामा उद्धार समूह भन्दा बाहिरका अरु तीन जना जवान पनि परेको वक्तव्यमा उल्लेख गरेको छ। 

सैन्य डुङ्गामा ३७ जना रहेको पनि सेनाले जनाएको छ। दुर्घटनामा परेको डुङगामा केही खाद्यपदार्थ र केही पेट्रोलियम पदार्थ पनि ढुवानी गरिएको थियो। 

रक्षामन्त्री जोसेफ बेटी एसोमोले सैन्य डुङ्गा डुबेकोमा दुःख व्यक्त गर्दै खोजी तथा उद्धारका लागि काम सुरु भइसकेको बताए। 

पानीको तरङ्ग अत्यधिक हुने ठाउँमा भएकाले दुर्घटना भएको हुनसक्ने अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन्। रासस/सिन्ह्वा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell