PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

यू १९ विश्वकप छनोटः नेपालको लगातार दोस्रो जित, मलेसिया ५ विकेटले पराजित

यू १९ विश्वकप छनोटः नेपालको लगातार दोस्रो जित, मलेसिया ५ विकेटले पराजित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ: यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। सिंगापुर क्रिकेट क्लवको मैदानमा भएको खेलमा नेपालले मलेसियामाथि ५ विकेटको जित हात पारेको छ। उत्कृष्ट बलिङ गरेको नेपालको दोस्रो खेलमा पनि ब्याटिङको समस्या कायमै रह्यो। ५९ रनको झिनो लक्ष्य भेट्टाउन नेपालले ५ विकेट गुमाउनुपर्‍यो।

टस जितेर बलिङको निर्णय गरेको नेपालले मलेसियालाई २५.५ ओभरमा ५९ रनमा समेटेको थियो। मलेसियाको इनिङमा कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। उसका लागि विरानदिप सिंह र हाइकल खैरले सर्वाधिक ९/९ रन बनाए। मलेसियाले पहिलो ओभरमा कुनै पनि रन जोड्न नसक्दै विकेट गुमाएको थियो। मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोर अंक छुन नसक्दा नेपालले अत्तिरिक्त ११ रन दिएको थियो।

उत्कृष्ट बलिङ गरेको नेपालका लागि कप्तान सन्दीप लामिछानेले आज पनि ५ विकेट लिए। सन्दीपले सिंगापुरविरुद्धको पहिलो खेलमा पनि ५ विकेट नै लिएका थिए। पवन सराफले ३ विकेट लिँदा सन्दीप सुनार र किशोर महतोले एक/एक विकेट हात पारे।

ब्याटिङका नेपालको प्रदर्शन आज पनि कमजोर रह्यो। ५९ रनको झिनो स्कोर पछ्याउने क्रममा नेपालले ५ विकेट गुमायो। ओपनर सन्दीप सुनार व्यक्तिगत ६ रनमा आउट भए। अर्का ओपनर आसिफ सेखले २३ रन बनाए।

आदिल खान र दिपेन्द्रसिंह ऐरी सस्तोमा समेटिँदा नेपालका लागि प्रनिल थापामगरले नटआउट १८ रनको योगदान दिए। अनिल शाह शुन्यमा आउट हुँदा रोहितकुमार पौडेलले चार रनको योगदान दिए।

मलेसियाका लागि हफिजुद्दिनले ३ विकेट लिए।

फोटो : रमन शिवाकोटी



ट्रेन्डिङ पोस्ट

Ncell