PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

विवादास्पद क्षेत्रमा थप सैनिक पठाउने चीनको चेतावनी



रासस

विवादास्पद क्षेत्रमा थप सैनिक पठाउने चीनको चेतावनी

बेइजिङः भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चीनले चेतावनी दिएको छ। 

चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा पनि हामीले हाम्रो सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रो सेना उक्त क्षेत्रमा थप खटाउने छौँ।’ 

चीन, भुटान र भारतको सीमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा केही समयदेखि विवाद देखिएको छ। 

चीनले आफ्नो तर्फबाट उक्त स्थानमा सडक निर्माण गर्न लागेको छ भने भारतले निर्माण कार्य रोक्न भनेको छ। 

तर चीनले निर्माण कार्य भने रोकेको छैन। निर्माणस्थल आफ्नो भूभाग रहेको भन्दै चीनले बरु उक्त क्षेत्रमा प्रवेश गरेर भारतीय सेनाले सीमा क्षेत्रको उल्लङ्घन गरेको जनाएको छ। 

चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वु च्यानले सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भने,‘भारतीय पक्षले चीनको सीमामा प्रवेश गरेर सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको छ।’

उनले पत्रकार सम्मेलनमा चीनले आफ्नो सीमा रक्षाका लागि थप सैनिक पठाउन लागेको जानकारी दिए। 

तर के कति सङ्ख्यामा चीनले सो क्षेत्रमा सेना पठाउन लागेको हो भन्ने सङ्ख्या भने उनले खुलाएनन्। भारतीय पक्षले चीनको पछिल्लो भनाइपछि कुनै प्रतिक्रिया दिएको छैन। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell