PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कलाकार र निर्माता संघले गरायो सुनिल र स्यारोनको मेलमिलाप



पहिलोपोस्ट

कलाकार र निर्माता संघले गरायो सुनिल र स्यारोनको मेलमिलाप

काठमाडौं: अभिनेत्रीले दुर्व्यवहारको आरोप लगाएपछि विवादमा तानिएका ‘सायद २’ निर्माता सुनिल रावल र अभिनेत्री स्यारोन श्रेष्ठ बिच मेलमिलाप भएको छ। सोमबार निर्माता संघ र कलाकार संघले दुई पक्षलाई राखेर विवादको विषयमाथी छलफल गरेको हो।

दुबै पक्ष व्यक्तिगत आरोप प्रत्यारोप र गाली गलौचमा उत्रिएपछि उत्पन्न विवादलाई साम्य गर्न नेपाली फिल्म सम्बन्धित संघहरुले स्यारोन र सुनिललाई सँगै राखेर कुरा गरे। स्यारोन श्रेष्ठ र उको पारिवारिक सदस्य, सुनिल रावल र पत्नि दुर्गिस रावल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी तथा संघका सदस्यहरुको उपस्थिती बिच भएको छलफलमा दुई पक्ष विवाद साम्य गर्न सहमत भएका हुन्।

एक अर्कालाई लाएको आरोप, प्रत्यारोप साथै व्यक्तिगत विषयमा दुबै तर्फबाट कुनै किसिमको आलोचनात्मक अभिव्यक्ति नदिने सर्तमा विवाद मिलाईएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए। भने,'उहाँहरु बिच दुबैको व्यक्तिगत र व्यावसायिक जीवन र मानमर्दनमा आंच आउने खालको अभिव्यक्ति भविष्यमा नदिने सर्त समेत भएको छ।'

स्यारोन र सुनिल बिच सहमती भए पनि स्यारोनको पक्षमा वकालत गर्दै सुनिलले डेब्यु गराएकी फिल्म होस्टलकी अभिनेत्री प्रकृती श्रेष्ठ, सायदका लागि गायक रहेका गायक स्वप्निल, संगीतकार हर्कुलस लगायतले फेसबुकमार्फत आफ्नो धारणा व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell