PahiloPost

Oct 1, 2024 | १५ असोज २०८१

परराष्ट्रमन्त्री महरासँग म्यानमारका राजदूतको भेट



रासस

परराष्ट्रमन्त्री महरासँग म्यानमारका राजदूतको भेट

काठमाडौँ :  उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि म्यान्मारका राजदूत ल्विन ऊले शिष्टाचार भेट गरेका छन्। 

परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र म्यान्मारबीचको सम्बन्ध तथा सहयोगका विषयमा छलफल भयो। भेटमा परराष्ट्रमन्त्री महराले मित्रता, सहकार्य र समानतामा आधारित दुई देशबीचको सम्बन्ध शान्तिदूत गौतम र उहाँका दर्शनले अझै प्रगाढ बनाएको बताए। 

उनले हालै दुई देशबीच हवाई सम्बन्ध स्थापना भएको उल्लेख गर्दै नेपाल– म्यान्मारबीचमा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। महराले नेपाल र म्यान्मारबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरी आपसी चासो र हितका विषयलाई अझ विस्तार गरिने बताए। 

राजदूत ल्विनले वर्षेनी २० हजार देखि २५ हजारसम्म म्यान्मारका पर्यटक नेपाल आउने गरेको जानकारी गराउँदै दुई देशबीच जनस्तरसम्म विस्तार भएको बताए।

उनले दुई देशबीच परामर्श संयन्त्रका लागि आवश्यक पर्ने सबै तयारी आफ्नो देशका तर्फबाट पूरा गर्न पहल गर्ने बताए। 

यसैबीच, परराष्ट्रमन्त्री महरासँग इन्टरनेसनल कमिटी अफ द रेड क्रस (आइसिआरसी)का नेपाल प्रमुख आन्द्रे पक्विटले शिष्टाचार भेट गरे।


भेटमा आन्द्रेले आगामी अगष्ट २० देखि २३ सम्म नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी क्षेत्रीय सम्मेलनको विषयमा उपप्रधानमन्त्री महरालाई जानकारी गराएका महराका प्रेस संयोजक हरि लामिछानेले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell