PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

'प्रेमगीत २'को दुई दिने बक्सअफिस रिपोर्ट



पहिलोपोस्ट

'प्रेमगीत २'को दुई दिने बक्सअफिस रिपोर्ट

काठमाडौं: फिल्म 'प्रेमगीत २'ले प्रदर्शनमा आएको पहिलो दिन शुक्रबार नै देशभरका हलबाट ग्रस १ करोड कलेक्शन गरेको फिल्म युनिटले बताएको थियो। फिल्मको एडभान्स बुकिङक आक्रमक देखिंदा पहिलो दिनको कलेक्शन पनि आक्रमक देखिनु अपेक्षित थियो।

पहिलो दिन देशभरिका ८० पर्दाबाट १ करोड बक्सअफिस कलेक्शन गरेको फिल्मको शनिबार पनि दर्शक फ्लो उत्सहाजनक देखिएको निर्माता सन्तोष सेनको दाबी छ। फिल्मले दोस्रो दिन १ करोड ४० लाख माथीको कलेक्शन गरेको उनले बताए।



शुक्रबार १ करोड १३ लाख ५६ हजार ४ सय ४५ रुपैयाँ कारोबार गरेको फिल्मले दोश्रो दिन शनिबार १ करोड ४० लाख २५ हजार ६ सय ८७ रुपैयाँ कलेक्शन गर्दै कूल २ करोड ५३ लाख ८२ हजार १ सय ३२ रुपैयाँ ग्रस कारोबार गरेको बिक्रेता गोबिन्द शाहीले जानकारी दिए। उनका अनुसार शनिबार फिल्मले मोफसल तर्फ ६४ लाख ११ हजार २ सय १५ रुपैयाँ र राजधानीबाट ७६ लाख १४ हजार ४ सय ७२ रुपैयाँ कलेक्सन गर्न सफल भयो।

रामशरण पाठक निर्देशित फिल्मले एक बर्मेली युवती र नेपाली केटाबीचको प्रेम सम्बन्धबाट उत्पन्न हुने द्धन्द्धको कथा पेश गर्छ । नेपाल, म्यानमार र थाइल्यान्डमा छायांकन गरिएको फिल्मलाई आशुसेन फिल्मसले निर्माण गरेको हो। फिल्मको सेटिङ सन् १९४५ को दोस्रो विश्वयुद्धको परिवेश हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell