अहिले विश्व फुटबल बजार तताउने एक खेलाडी छन्, नेमार जुनियर। कारण उनी अहिलेसम्मकै विश्व कीर्तिमानी रकममा एक क्लबबाट अर्को क्लबमा सरुवा हुँदैछन्।
एउटा क्लबलबाट अर्को क्लबमा जानु अन्य खेलाडीको लागि सामान्य हुन सक्छ तर नेमारको हकमा भने यो अरु सबैको भन्दा फरक छ।
उनी स्पानिस जायन्ट बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जाने हल्लासँगै विश्व फुटबल बजार तातेको थियो। नेमार आफै पनि पेरिस क्लबको निकै नजिक पुगिसकेका छन्। सम्भवत अर्को साता नेमार पिएसजीका खेलाडी भइसक्कनेछन्।
त्यसका लागि पेरिसको क्लबले बार्सिलोनालाई २२२ मिलियन युरो रिलिज क्लब तर्नुपर्नेछ र पिएसजील त्यसका लागि तयारी अवस्थामा छ। जुन म्यानचेष्टर युनाइटेडले पउल पोग्वालाई भित्राउन खर्च गरेको रकमको झण्डै दोब्बरभन्दा बढी हुनेछ।
यसअई सन् २०१६ मा युनाइटेडले पोग्वाको लागि १०५ मिलियन युरो खर्च गरेको थियो।
पिएसजीले त्यति रकम तिरेपछि नेमार विश्व फुटबलका महँगा खेलाडी बन्नेछन्।
यती महँगो रकममा एक क्लबबाट अर्को क्लबमा जान लागेको नेमारले एक वर्षमा कती कमाउलान्? सातामा उनको कमाई कती होला भन्ने कौतुहलता हुन सक्छ।
२५ वर्षिय ब्राजिलियन फरवार्ड नेमार पिएसजीमा खेल्न सुरु गरेपछि उनले एक सातामा ८ लाख ६५ हजार युरो कमाउनेछन्। यस्तै एक वर्षको नेमारको कमाई साढे ४ करोड युरो हुनेछ।
नेमारले फ्रान्सेली लिग वान क्लबसँग ५ वर्षको सम्झौता गर्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्।
सम्झौता अघि नेमार स्वास्थ्य परिक्षणका लागि पोर्चुगलको पोर्टो पुगिसकेका छन्। बुधबार नेमारले स्पानिस जायन्ट बार्सिलोनासँग अन्तिमपटक संयुक्त प्रशिक्षण गरेका थिए र क्लबलाई आफूले बार्सिलोना छाड्न चाहेको बताए थिए। क्लबले पनि उनलाई उक्त अनुमती दिएको थियो।
नेमारलाई बार्सिलोनाको नयाँ प्रशिक्षक एरलेस्ट भलभर्डले क्लब छाड्ने अनुमती दि
सुरुमा बार्सिलोनाले नेमार कतै नजाने र नोउक्याम्पमै बस्ने बताएको थियो तर नेमारले बुधबार ४० मिनेट मात्र सहकर्मीसँग बिताए। जहाँ नेमार प्रशिक्षण भन्दा पनि पुराना साथीहरुलाई बिदाईको हात हल्लाउन गएको विभिन्न मिडियाले उल्लेख गरेको छ।
नेमारले क्लब छाड्ने पक्का भएपछि बार्सिलोनाका बाकी खेलाडीले सामाजिक सञ्जालमा विभिन्न सन्देश लेख्दै नेमारलाई बिदाई गरेका छन्। अर्जेन्टाइन स्टार लियोनल मेसीले इन्स्टाग्राममा भावपूर्ण सन्देश लेख्दै नेमारलाई बिदाई गरे।
सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट बार्सिलोना पुगेका नेमारले २०१६ मा क्याटलान क्लबसँग ५ वर्षको नयाँ सम्झौता गरेका थिए।