PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

एकतर्फी रुपमा खुलाइएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध, सडक समेत भासियो



पहिलोपोस्ट

एकतर्फी रुपमा खुलाइएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध, सडक समेत भासियो

चितवनः बिहीबार साँझ एकतर्फी रुपमा सुचारु गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः ठप्प भएको छ। २४ घन्टापछि बिहीबार साँझ एकतर्फी रुपमा सडक सञ्चालन गरी बीचमा फसेका सवारीसाधन पास गरिएको थियो। तर, रातिदेखि नै पहिरोका कारण बाटो पुनः अवरुद्ध भएको हो।

कालीखोलादेखि ९ किलोसम्मका क्षेत्रहरुमा पहिरो खसेको कारण राजमार्ग पुनः ठप्प भएको सडक निर्माणका साइड इञ्चार्ज राजन दाहलले जानकारी दिए।

उनले ९ किलोमा ठूलो पहिरो गएको बताए। रोड भासिएका कारण ग्याविन जाली राखेर मात्र सवारी सञ्चालन गर्नुपर्ने हुँदा आज दिनभर सवारी सञ्चालनमा ल्याउने सम्भावना कम रहेको उनले बताए।

पानी परिरहेका कारणले काम गर्न समस्या भएको उनले बताए। पानी नरोकिए पुनः पहिरो खस्न सक्ने अनुमान समेत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell