PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास : अरहान्त र भावनाद्वारा उपाधि रक्षा



पहिलोपोस्ट

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास : अरहान्त र भावनाद्वारा उपाधि रक्षा

काठमाडौं : डिफेन्डिङ च्याम्पियनद्वय अरहान्तकेशर संह र भावना सुनुवारले दोश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि शनिबार जितेका छन्। अरहान्त पुरुष र भावना महिला सिंगल्समा च्यामिपयन बनेका हुन्।

पुरुष सिंगल्स फाइनलमा अरहान्तले पुरानै प्रतिद्वन्द्वी अमृत थापा मगरलाई १३–११, १२–१०, ११–५ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे। अरहान्तले १८ हजार र अमृतले १० हजार नगद पुरस्कार पाए।

महिला सिंगल्सको उपाधि रक्षइ गर्न भावनाले फाइनलमा कृष्णा थापालाई ६–११, ११–७, ११–२, ११–७ को सेटमा हराइन्। पहिलोफ सेट हारेपपनि भावनाले पुनरागमन गरिन्। भावनाले ११ हजार कृष्णाले ६ हजार नगद पुरस्कार हात पारे।

जुनियर ब्वाइज यु–१५ सिंगल्समा गोपाल थापाले सलिम थापा मगरलाई ११–२, ८–११, ११–३, ११–३ को सेटमा पराजित गर्दै स्वर्ण जिते।  यसअघि जुनियर ब्वाइज यु–१९ सिंगल्समा अमिर ब्लोन पहिलो भएका थिए।

भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा इन्द्रबहादुर कार्की पहिलो भए। उपाधि भिडन्तमा उनले किशोर महर्जनलाई ११–७, ११–३, ११–५ को सीधा सेटमा हराए। मास्टर्स ४५ देखि ५४ वर्षको पुरुष सिंगल्स फाइनलमा सुदीपबहादुर सिंहले प्रज्ज्वलप्रकाश प्रधानलाई ११–५, ११–६, ११–४ ले पराजित गर्दै पहिलो बने।

पुरुष सिंगल्सको प्लेट च्याम्पियनसिपमा आकाश सुनवारले बाजी मारे। उनले फाइनलमा रत्नकाजी शाक्यमाथि ११–१३, १२–१०, ११–८, ११–१३, ११–५ को जित निकाले।

विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे। नेपाल स्क्वास र्‍याकेट्स संघले आफ्ना अध्यक्ष किशोर महर्जनका माता धनलक्ष्मीको स्मृतिमा आयोजना गरेको छ दिने प्रतियोगितामा ८५ खेलाडीले विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको कुल पुरस्कार राशी ८१ हजार रुपैयाँ रहेको थियो। भेट्रान र प्लेटमा बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell