PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

रेणु दाहाल : जो काठमाडौँमा सभासद्‍मा हारिन् तर भरतपुरमा हार्दाहार्दै जितिन्



रासस

रेणु दाहाल : जो काठमाडौँमा सभासद्‍मा हारिन् तर भरतपुरमा हार्दाहार्दै जितिन्

चितवन : २०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिएकी भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालकी माइली छोरी हुन्।

२०५१ सालमा पार्टी प्रवेश गर्नुभएकी दाहाल २०५२ सालमा माओवादी जनयुद्ध शुरु भएसँगै भूमिगत भएकी थिइन् 

प्रवासमा अखिल भारत नेपाली महिला संगठन, केन्द्रीय समिति अध्यक्ष, जनयुद्धकालमा रोल्पा जिल्लामा पार्टीको सहइन्चार्जको भूमिका निर्वाह गरिसकेकी दाहाल अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का महासचिव छिन्। दाहाल काठमाडौँका जिल्ला सहसचिव हुँदै हाल पार्टीको पोलिटब्यूरो सदस्य छिन्। 

चितवनमै प्रवेशिकासम्मको अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन्। दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा उम्मेदवार बनेकी दाहाल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएकी थिइन्। 

दाहालको २०५३ साल माघ २७ गते चितवनकै व्यवसायी अर्जुन पाठकसँग विवाह भएको थियो। हाल उनीहरुका एक छोरा र एक छोरी छन्। उनीहरु भरतपुर महानगरपालिका–१० मा बस्दै आएका छन्। 

बाबु प्रचण्ड जनयुद्धमा होमिएपछि बाबुलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लागेकी दाहाल आफूले राजनीतिक प्रेरणा बाबुबाट नै पाएको बताउँछिन्। नेपाली कांग्रेसको प्रभाव रहेको महानगरमा कांग्रेसकै समर्थन पाएपछि दाहाल प्रमुखमा विजयी भएकी हुन्। 

जिल्ला बाहिर बसेर राजनीति गर्दै आएकी दाहालका लागि चितवनको राजनीति भने नयाँ हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell