नयाँ दिल्ली : सिट बेल्टमा ट्याग नम्बर नभएको भन्दै सिकागोबाट भारतका लागि उड्नै लागेको एयर इन्डियाको विमानलाई अमेरिकन हवाइ सुरक्षा निगमनले रोकेको छ।
फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए)ले अप्रत्यासित रुपमा गरेको चेकजाँचका क्रममा दिल्ली आधारित बोइङ ७७७ को सिट बेल्टमा टेक्निकल स्ट्यान्डर्ड अर्डर अनुसार हुनुपर्ने नम्बर भेटिएन। सुरक्षासँग जोडिएको विषय भएकाले एफएएले विमानलाई उडानको अनुमति दिए जवकि यात्रु चढिसकेका थिए। घटना गत शुक्रबारको हो।
न्युयोर्कको जोन अफ केनडी एयरपोर्टमा एयर इन्डियाको अर्को विमान बी ७७७ पार्क गरेर राखिएको थियो। त्यही विमानबाट सिट बेल्टहरु निकालेर डेल्टा फ्लाइटबाट सिकागो पुर्यााइयो। सिकागोको ओ'हारे इन्टरनेसनल एयरपोर्टमा विमानभित्र ल्याइएका सिट बेल्ट जडान गरियो। ३ सय ४२ सिटे विमान ८ घन्टा ढिलो गरी भारतका लागि उड्यो। विमानमा ४४ प्यासेन्जर र १२ चालक दलका सदस्यको सिट अयोग्य घोषित भए। प्रस्टै छ यसले एयर इन्डियाको इमेजमा नराम्रो धक्क पुगेको छ।
'सिट बेल्टहरु सबै ठीक थिए। केहीमा ट्याग निस्किएका मात्र हो यो नियोजित रुपमा एफएएले एयर इन्डियालाई सताउने उद्देश्य राखेर गरेको दुर्व्यवहार हो। यद्यपि हामी यस्तो अवस्था नदोहरिने प्रतिवद्धता जनाउँछौं। नयाँ सिट बेल्टहरु ल्याउन अर्डर दिइसकिएको छ,' एयर इन्डियाका प्रवक्ताले भने।