PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रहरी इन्काउन्टर कि सुसाइड? लागू औषध कारोबारी प्रवीणको कानमुनि एक गोली, एक मिस फायर

प्रहरी इन्काउन्टर कि सुसाइड? लागू औषध कारोबारी प्रवीणको कानमुनि एक गोली, एक मिस फायर

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : ललितपुरको बाक्लो बस्ती रहेको कुसुन्तीमा दुई पटक गोली चल्दा लागू औषध कारोबार गर्ने प्रवीण खत्रीको मृत्यु भएको छ। प्रहरीले क्षेत्रीले नै कन्चटमा राखेर गोली हानेको दावी गरेको छ।

'एउटा गोली कन्चटमा लागेको छ। अर्को मिस फायर,' महानगरीय प्रहरी परिसर ललितपुरका एसपी ईश्वर कार्कीले भने, 'एउटा लोडेड गोली भने चाइनिज पेस्तोलमा रहेको देखियो।'


आफ्नै घरको छतबाट पद्मा कोलनी नजिकैको खाली जमिनमा उनी ढलेको प्रहरीले जनाएको छ। त्यहाँबाट उनलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याइएको थियो। त्यहीँ उनको मृत्यु भएको कार्कीले जानकारी दिए।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले प्रहरीले पछ्याएपछि खत्रीले प्रहरीमाथि नै गोली चलाएको बताए।  

'केही दिनदेखि खत्रीसँग लागू औषध र हतियार रहेको जानकारी आएकाले पिछा गर्ने क्रममा प्रहरी माथि गोली प्रहार गरेकाले आत्मरक्षाका लागि गोली चलाएको हो,' एसएसपी अमात्यले भने।


प्रहरीले पिछा गरेको थाहा पाएपछि खत्री दुवै हातमा रहेका पेस्तोलबाट गोली पड्काउँदै भागेका थिए। प्रत्यक्षदर्शी नभएकाले प्रहरीले आत्महत्या भने पनि त्यसको स्वतन्त्र पुष्टि भने भएको छैन। शूरुमा लागुऔषधको सेवन गर्ने  खत्री केहि बर्षदेखि ललिपुरमा लागु औषधको कारोवार गर्दै आएका थिए ।


ट्रेन्डिङ पोस्ट

Ncell