काठमाडौं : परम्परागत शैलीलाई छोडेर गएको पुस महिनामा नयाँ तरिकाले सुन तस्करी भयो। पूरै फिल्मी शैलीमा भएको तस्करीमा तस्करदेखि कर्मचारीसम्मैको जालो तयार भएको थियो जसका हरेक गतिविधि सिनेमाका प्लट झै थिए। केस प्रहरीकहाँ पुगेपछि नयाँनयाँ प्लटहरु खुलासा भएको हो। पुस महिनामा विदेशबाट विद्युतीय चुरोट (भेप)भित्र सुन राखेर तस्करी भएको थियो। तस्करी त्यही भेपबाट भएको थियो जुन भन्सार कार्यालयले जफत गरेको थियो। जफत…
काठमाडौं : गत पुस २९ गते विदेशबाट विद्युतीय चुरोट (भेप)भित्र सुन राखेर तस्करी भएको घटनाको प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ। प्रहरीले घटनामा ९ जनालाई प्रतिवादी बनाएको छ, जसमा ३ जना फरार रहेको उल्लेख गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले भन्सारका नासु रेवन्त खड्कालाई नियन्त्रणमा लिएपछि घटना बाहिरिएको थियो। त्यस्तै प्रकृतिको घटनामा जोडिएका अन्य ५…
काठमाडौंः नेपाल पुगेपछि होटलमा बस्न-खान फ्रि। त्यतिमात्र होइन मेरो मान्छेले गाउँ जाने बेलामा ५ हजार रुपैयाँ पनि दिन्छ। यति आश्वासन दिएपछि धनुषाका सुनिल कुमार महरा सामान लिएर कतारबाट नेपाल जान तयार हुन्छन्। उनको साथमा ५० ग्रामभन्दा बढी सुन बोकाएर पठाइन्छ। कतारबाट सुन बोकेर आएका सुनिलको फोटो समेत खिचिएको हुन्छ। त्यही फोटो काठमाडौंमा रहेकी सञ्जुकुमारी साहलाई ह्वाट्सएपमार्फत पठाएको हुन्छ। सञ्जु पनि मोबाइलमा…
काठमाडौं : ‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीले पक्राउ गरेका केही कलाकार र अन्य गरेर ११ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भई थुन्छेक बहस भइरहेको छ। सरकारी वकिल कार्यालय काठमाडौंले ११ जना विरुद्ध सट्टेबाजी सम्बन्धी कसुर र नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको छ। जेठ ३२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, राजु पौडेल…
काठमाडौं : असार १ गते बिहान ५ बजेतिर ४५ वर्षीया सरस्वती खतिवडा मर्निङ वाकका लागि निस्किइन्। बहिनी पनि उनीसँगै थिइन्। टोखा नगरपालिका वडा नम्बर ६ मा रहेको ग्राण्डी अस्पताल नजिकै पुग्दा बिहानको ५ बजेर ५५ भएको थियो। आफ्नै सुरुमा हिँडिरहेकी सरस्वतीको पछाडिबाट कसैले घाँटीमा लगाएको सुनको सिक्री तानेजस्तो भयो। नभन्दै पछाडि फर्किएर हेर्दा एक युवक भागिरहेका थिए। एकछिन आफैँ अलमलमा…
काठमाडौं : ललिता निवास प्रकरणमा गएको मंगलवार समातिएका चार जना अभियुक्तको बयान लिने काम सुरु गरेको छ। उनीहरुको बयान र थप प्रमाणको आधारमा पूर्व कर्मचारीदेखि सरकारी पदमा रहेका अन्य व्यक्तिहरुको पनि बयान हुनेछ। त्यसका आधारमा पक्राउ गर्ने तयारी पनि भइरहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले मंगलवार सात जनालाई पक्राउ गरेको थियो। जसमा अदालतको स्टे अर्डरका कारण तीन जना रिहा…
काठमाडौंः पप्पु कन्स्ट्रक्सन सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय नेपालगन्जमा उजुरी परेको झन्डै दुई महिना पछि उनलाई प्रहरीले पक्राउ गरेको हो। शुक्रवार नयाँ बानेश्वर वृत्तको टोलीले नियन्त्रणमा लिएको हो। ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको हो। उनी पूर्व सांसद समेत हुन्। उनी २०७४ पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनले निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना…
काठमाडौं : डेढ वर्षदेखि केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा थन्किएका फाइल खोलेपछि भटाभट हाइप्रोफाइल व्यक्ति समातिन थालेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएर धरौटीमा छुटेका समेत प्रहरीको अनुसन्धानको घेराभित्र परेका छन्। मंगलवार मात्र प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ लगत्तै अदालतको 'स्टे अर्डर' देखाएर कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेनद्रमान कपालीलाई रिहा भए। तीनैजना मालतोत…
काठमाडौं : ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले २९ रोपनी जग्गा हडपेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन गुरुङले बिचौलियाको भूमिकामा निभाउनुका साथै उक्त क्षेत्रफल बराबरको जग्गा हडपेको खुलेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्। 'मीनबहादुरले २९ रोपनी जग्गा हडपेको खुल्छ,' बज्राचार्यले भनिन्। गुरुङमाथि मुलुकी ऐन २०२० अन्तर्गत सरकारी किर्तेमा कारबाही अगाडि बढ्ने उनले बताइन्l…
काठमाडौं : उपकार ब्रान्ड तथा अर्थ न्युज एचडी टेलिभिजनका संचालक लगायत तीन दर्जनभन्दाबढी कम्पनीमा आवद्ध केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन्। केदारनाथ शर्मा शिव शिखर बहुउद्देश्यीय सहकारी सस्थाका पूर्व अध्यक्ष हुन्। उनी विरुद्ध सहकारी ठगीमा निक्षेपकर्ताबाट १० अर्ब ७७ करोड ७६ लाख रुपैयाँ घोटला भएको उजुरी परेको छ। त्यसैको आधारमा प्रहरीले तीन महिनादेखि उनलाई खोजी गरिरहेको थियो। सोही क्रममा उनी भारतबाट…
काठमाडौं : आज बिहानै नेपाल प्रहरीको एक्सन नेपालको निजी क्षेत्रलाई अत्याउने गरी आयो। देशको सबैभन्दा ठूलो डिपार्टमेन्टल स्टोर भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पुन: पक्राउ परे। बालुवाटारको बहुचर्चित प्रकरण 'ललिता निवास'ले गुरुङलाई हिरासत पुर्याएको हो। आखिर धरौटीमा रिहा भएका गुरुङलाई एउटै केसमा जोडेर कसरी प्रहरीले समात्न सक्छ? धेरैले प्रश्न गरेका छन्। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले आज नक्सालबाट गुरुङलाई पक्राउ गरेको हो। गुरुङ भाटभटेनीका सञ्चालक हुन्…
काठमाडौं : झट्ट हेर्दा हुलाक टिकटजस्तै। केही त केटाकेटीले हातमा टाँस्ने ट्याटु स्टिकरजस्तै। त्यसलाई पनि ४/५ पिसमा च्यात्न मिल्ने। त्यसपछि प्रयोगकर्ताले जिब्रोमा टाँसेपछि मजाले नशाको लत लिन सक्ने। अर्थात् लाइसर्जिक डाइथेरामाइड एसिड (एलएसडी) स्टिकर। यो एक लागुऔषध हो। यो नशा लिएपछि जोकोही ५ देखि ७ घण्टासम्म लट्ठ पर्छन्। नेपालमा प्रयोग हुनेमध्ये नौलो प्रकृतिको लागुऔषध हो यो। ६/७ वर्ष अगाडि प्रहरीले यस्तो लागुऔषध बरामद गरे पनि पछिल्ला वर्षमा…
काठमाडौं : प्युठान घर भएका गोपाल कामी भन्ने ईश्वरीप्रसाद पोखरेल ४२ वर्षका भए। प्रहरीको अनुसन्धानलाई मान्ने हो भने ईश्वरीले आफ्नो जीवनको आधा समय त ठगी गरेर बिताए। अर्थात प्रहरीको नजरमा उनी 'नटरवलाल' हुन्। उनीसँग ठगीका अनेक धन्दा छन्। एउटा ठगीको धन्दाबाट समातिएका उनी छुटेपछि फेरी अर्को बाटोबाट ठगी धन्दामा छिरी हाल्छन्। त्यसैले प्रहरी उनलाई भन्छन्, 'यिनी त ठगकै मास्टर हुन्।' मंगलवार (असार ५ गते) काठमाडौं उपत्यका अपराध अनुसन्धान…
काठमाडौं : चारवटा झोलामा जुत्तासहित लत्ताकपडाको प्याक। त्यही सेट बिक्रीका लागि तयार। सबै सामानको कूल मूल्य १० हजार रुपैयाँ। फिक्स रेट। प्याकमा चारवटा सामान रहेकाले एउटाको २५ सय रुपैयाँ। जिम्मेवारी त्यही सामान बेच्नुपर्ने। तर बिक्न गाह्रो ! कपडाको गुणस्तर चिन्नेले त्यति धेरै तिर्न तयार नहुने। कसलाई बेच्ने त? उनीहरुले आफ्नो सामान बिक्री गर्ने ग्राहक आफन्त र घरपरिवारलाई नै बनाउने। मार्केटिङ…
काठमाडौं : विषेश अदालतले कर फर्छ्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेश ढकाल र चुडामणि शर्माको सजाय निर्धारण गरेको छ। महतलाई ९ वर्ष १ महिना कैद सजाय तोकिएको छ। त्यस्तै, सदस्यद्वय ढकाल र शर्मालाई ९ वर्ष कैद तोकिएको हो। त्यस्तै तीनै जनालाई ४ अर्ब १० करोड ४६ लाख ९७ हजार बिगो माग गरिएको छ। विषेश अदालतले मुद्दा दायर भएको ६…
काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले हाइप्रोफाइल व्यक्तिसहित १६ जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। शुक्रवार मुद्दाको थुनछेक बहस सकिएको थियो। त्यसपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आदेश सुनाएका हुन्। पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्वनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री…
काठमाडौं : ‘अहिलेसम्म प्रहरीले अनलाइन जुवामा भेटाएको सबै भन्दा धेरै रकम हो।’ बुधवार काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले गरेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख एसएसपी मनोज केसीको भनाइ हो यो। प्रहरीले ‘वानएक्स-बेट’बाट बेटिङ गर्ने पाँच जनालाई पक्राउ गर्न सफल भएपछि पत्रकार सम्मेलन गरको थियो। पक्राउ परेका समूहले विभिन्न माध्यमबाट ७४ करोड १३ लाख रुपैयाँको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। रकमको परिमाण अझै बढ्ने…
काठमाडौं : ‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीले केही कलाकारलाई नियन्त्रणमा लिएको छ। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ। त्यस्तै, राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी)लाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। यस्तै, अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे, बेगम नेपाली (भटभटे माइला) पनि पक्राउ परेका छन्। ‘वानएक्स-बेट’मा विज्ञापन गरेको आधारमा उनीहरुलाई के हो भनेर सोधपुछ गर्न बोलाएको प्रहरीले…
काठमाडौं : 'हामी समात्न पुग्नेवित्तिकै साथमा भएको ल्याप्टप झ्याम्मै फुटायो। यो एकदमै खत्रा कारोबारी रहेछ।' अनुसन्धानमा खटिएका प्रहरी अधिकृत हत्तपत्त यसखाले अभिव्यक्ति दिँदैनन् किनकि धेरै उनीहरुका लागि धेरै कुरा प्रत्यासित नै हुने गर्छ। तर, दिनेश खड्कालाई समात्न काठमाडौंको मैजुबहाल पुग्दाको अनुभव खटिएका प्रहरी अधिकृतका लागि पनि अनौठो खाले थियो। क्रिप्टोसँगै अनलाइ जुवा (वान एक्सबेट)मा दिनेश मुख्य कारोबारी भएको खुलेपछि प्रहरी…
काठमाडौं : आठ वर्षअघि २०७२ साउन ८ गते तीनथाना ढुंगेअड्डामा एक पुरुष मृत भेटिए। शरीरमा सर्ट लगाएको तर टाँक खुस्किएर भित्रको गन्जी देखिएको अवस्थामा बिहान ६ बजेतिर शव भेटिएको थियो। शव भेटिएपछि प्रहरीले घटनास्थलबाट प्राप्त विवरण जम्मा गर्यो। मुचुल्का तयार भयो। पोस्ट मार्टमका लागि अस्पताल पुर्यायो। आठ वर्ष बितिसक्यो शव कसको हो भन्ने खुलेको छैन। भेटिएका व्यक्ति को हुन् भन्ने समेत नखुल्दा…