PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

‘वानएक्स-बेट’ प्रकरणमा आधा दर्जन कलाकार प्रहरी नियन्त्रणमा : को-को पक्राउ परे?



सविन ढकाल

‘वानएक्स-बेट’ प्रकरणमा आधा दर्जन कलाकार प्रहरी नियन्त्रणमा : को-को पक्राउ परे?

काठमाडौं : ‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीले केही कलाकारलाई नियन्त्रणमा लिएको छ। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’लाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ।

त्यस्तै, राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी)लाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। यस्तै, अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे, बेगम नेपाली (भटभटे माइला) पनि पक्राउ परेका छन्।

‘वानएक्स-बेट’मा विज्ञापन गरेको आधारमा उनीहरुलाई के हो भनेर सोधपुछ गर्न बोलाएको प्रहरीले जानकारी दिएको छ। उनीसँगै थप ८ जनालाई नियन्त्रणमा लिइएको हो।

त्यस्तै, ‘वानएक्स-बेट’को विज्ञापन गर्ने अन्य कलाकारमाथि पनि प्रहरीले अनुसन्धान थालेको बताएको छ। त्यसो त केहीले कलाकारको अनुमति बिना नै फोटो राखेर विज्ञापन समेत गर्ने गरेका छन्। जसको कारण कलाकारले दुःख पाउने गरेका छन्।

बुधवार मात्र प्रहरीले सट्टेबाजी गरेको अभियोगमा ५ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। उनीहरुले ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको खुलेको थियो।

जेलबाट छुटेको एक वर्षमै ६४ करोडको कारोबार ! तीस वर्षे दिनेशको क्रिप्टो र 'वान एक्स' कनेक्सन कथा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell