PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • शरणार्थी प्रकरणः हाइप्रोफाइल जोडिँदै जाँदा सातामा के-के भए?

    शरणार्थी प्रकरणः हाइप्रोफाइल जोडिँदै जाँदा सातामा के-के भए?

    काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्ति समातिएपछि यतिखेर सदनदेखि सामाजिक सञ्जाल समेत तातेको छ। त्यस्तै भिआइपी व्यक्ति भनिएकाहरुको पनि एकपछि अर्को गर्दै यस प्रकरणमा नाम जोडिएपछि राजनीतिक दलदेखि आम मानिसलाई अबको प्रहरीको अनुसन्धान कसरी अगाडि बढ्ला भन्ने चासो छ। नक्कली भुटानी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा हाइप्रोफाइको संलग्नता खुलेको छ। गत मंगलबार प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित…

    विस्तृतमा पढ्नुस्

  • व्यवसायी रुङ्गटा खोज्न सीआइबीको पनि टोली, आत्महत्या दुरुत्साहनमा के होला कारबाही?

    व्यवसायी रुङ्गटा खोज्न सीआइबीको पनि टोली, आत्महत्या दुरुत्साहनमा के होला कारबाही?

    काठमाडौं : चितवनका पोल्ट्री व्यवसायी शंकर प्रसाद कँडेल मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा घटनाका अन्य ‘शङ्कास्पद’ पाटाहरू खुल्न सकेका छैनन्। तर घटना आत्महत्या दुरुत्साहनमा भने आकर्षित भएको देखिएको छ। बैशाख १९ गते भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकमा रहेको आफ्नै अफिसमा झुन्डिएको अवस्थामा कँडेल साँझ फेला परेका थिए। प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला परेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • खाँणको कार्यकालमा दबाइएको त्यो 'केस' जसबाट अनुसन्धानमै लागेथ्यो ग्रहण, गृह र प्रहरीसामु दाग मेटाउने अवसर

    खाँणको कार्यकालमा दबाइएको त्यो 'केस' जसबाट अनुसन्धानमै लागेथ्यो ग्रहण, गृह र प्रहरीसामु दाग मेटाउने अवसर

    काठमाडौं : 'सङ्गठनमा दबाब नआएको भए करिब एक वर्ष अगाडि नै सुरु भइसक्थ्यो अनुसन्धान,' नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका हाई प्रोफाइल व्यक्तिहरु मुछिन थालेपछि एक प्रहरी अधिकृतबाट आएको हो माथिको अभिव्यक्ति। उनले यसरी 'एक वर्ष अगाडि' भन्नुको कारण अपत्यारिलो भने थिएन। झन्डै एक वर्षअघि यही प्रकरणमा प्रहरीले सानु भण्डारीलाई पक्राउ गरेर अनुसन्धान थालिसकेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले…

    विस्तृतमा पढ्नुस्

  • एउटै अपराधमा बाबुछोरा कनेक्सनको कथा : कोही हिरासतमा त कोही फरार !

    एउटै अपराधमा बाबुछोरा कनेक्सनको कथा : कोही हिरासतमा त कोही फरार !

    काठमाडौं: जब धमाधम आरोपित समातिन थाले त्यसपछि उनी फरार भए। प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि खोजतलासमा छ प्रहरी। तर, उनी भेटिएका छैनन्। उनी नेपाल छोडेर भारत पुगेको अनुमान मात्र गर्छ प्रहरी। तर, उनी कहाँ छन्? खुलेको छैन। प्रहरीको खोजीको पात्र हुन् - निरज राई। नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका अर्का पात्र हुन् निरज। डा इन्द्रजित राईका छोरा।…

    विस्तृतमा पढ्नुस्

  • 'जोगिने दौडधुपमा रहेका' कांग्रेस नेता बालकृष्ण खाँण पनि तानिँदै, पक्राउ परेका सचिव पाण्डेले वयानमा लिए नाम

    'जोगिने दौडधुपमा रहेका' कांग्रेस नेता बालकृष्ण खाँण पनि तानिँदै, पक्राउ परेका सचिव पाण्डेले वयानमा लिए नाम

    काठमाडौं : 'उहाँ यो अनुसन्धान रोक्ने दौडधुपमा पहिलेदेखि नै हो,' नेपाल प्रहरीका एक उच्च अधिकृतले केही दिनअघि नै भनेका थिए, 'तर, प्रमाण भेटिएको छैन।' ती प्रहरीले ‘उहाँ’ सम्बोधन गरेका व्यक्ति हुन् नेपाली कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाण। गृह प्रशासनले थालेको नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा खाण पनि मुछिने भएका छन्। गत बुधवार प्रहरीले पक्राउ गरेका सरकारका सचिव…

    विस्तृतमा पढ्नुस्

  • पहिलोचोटि फुत्किए पनि दोस्रो पटक समातिएका सानुबाट तानिएको लहरोले ल्याउला कतिसम्म पहरो?

    पहिलोचोटि फुत्किए पनि दोस्रो पटक समातिएका सानुबाट तानिएको लहरोले ल्याउला कतिसम्म पहरो?

    काठमाडौं: २०७९ चैत १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गर्‍यो। सार्वजनिक हुनेमा ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशव प्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ रहेका थिए। सानु भण्डारी तीनै व्यक्ति थिए, जसलाई झन्डै एक वर्ष अगाडि सोही कार्यालयको टोलीले पक्राउ गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीको पक्राउ गर्ने ‘लिस्ट’मा पूर्व मन्त्रीदेखि पूर्व गृहमन्त्रीका छोरासम्म

    नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीको पक्राउ गर्ने ‘लिस्ट’मा पूर्व मन्त्रीदेखि पूर्व गृहमन्त्रीका छोरासम्म

    काठमाडौं : बुधवार राति नेपाल प्रहरीले नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गर्‍यो। त्यस्तै बुधवार नै प्रहरीले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो। जिल्ला अदालतबाट तीन दिन हिरासतमा राख्ने अनुमति लिएर अहिले उनलाई सिंहदरबार वृत्तमा राखिएको छ। पाण्डेले पनि गृह मन्त्रालयमा सहजताको भूमिका निर्वाह गरेर रकम लिएको देखिएको छ। अभियुक्त सन्देश पाण्डे र केशव दुलालसँग उनको पटक-पटक…

    विस्तृतमा पढ्नुस्

  • पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार राई पक्राउ

    पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार राई पक्राउ

    काठमाडौंः पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेका छन्। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ल्यौजाने प्रकरणमा उनलाई नियन्त्रणमा लिएको हो। ललितपुरबाट राईलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केही साता अगाडी यस प्रकरणमा केशव दुलाल, सानु भण्डारी र सागर राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। रामबहादुर थापा बादल नेकपा एमाले अध्यक्ष केपी…

    विस्तृतमा पढ्नुस्

  • कपनमा निराको हत्यापछि निर्धक्क विनोद जसको भारत छिर्ने थियो तयारी

    कपनमा निराको हत्यापछि निर्धक्क विनोद जसको भारत छिर्ने थियो तयारी

    काठमाडौं: सिक्री कै लागि हत्या भयो होला त? आइतबार निरा आचार्य पाण्डेको हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गर्दै गर्दा पीडित परिवारका सदस्यले दोहोर्‍याएर सोधेको प्रश्न यही थियो। निरुले लगाएको सुनको सिक्री ९८ लालको मात्रै। अर्थात् आजको दरभाउमा एक लाख रुपैयाँ हाराहारी। प्रहरीको प्रारम्भिक अनुसन्धानले त्यही सुनको सिक्रीका लागि हत्या भएको देखाएको छ। घटना भएको १० दिनपछि प्रहरीले हत्या अभियोगमा झापा मेचीनगर…

    विस्तृतमा पढ्नुस्

  • निरुको हत्यापछि ओम हस्पिटलबाट टेम्पो चढेर जडीबुटी, ६ दिन लोकन्थली बसेर सीधै झापा

    निरुको हत्यापछि ओम हस्पिटलबाट टेम्पो चढेर जडीबुटी, ६ दिन लोकन्थली बसेर सीधै झापा

    काठमाडौं : कपन सरस्वतीनगरकी निरा आचार्य पाण्डे(निरु)को हत्या सुनको सिक्री लुट्नको लागि भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। हत्या अभियोगमा पक्राउ परेका युवकको बयान र घटनास्थलको सीसीटीभी क्यामेराको फुटेजको अध्ययनबाट प्रहरीले घटनाबारे नयाँ पाटाहरु पत्ता लगाएको हो। प्रहरीका अनुसार विनोद विक वैशाख ७ गते दिउँसो लोकन्थलीबाट ११ बजेतिर बसमा चढेर चाबहिल पुग्छन्। त्यसपछि २ बजेर ३३/३४ मिनेटमा उनी निराको पसल छिर्छन्। केही…

    विस्तृतमा पढ्नुस्

  • कपन निरु हत्या प्रकरण : एकजना बाउन्सर समातिए, प्रहरीले सोध्दा भने,'सुनको लागि हत्या गरें'

    कपन निरु हत्या प्रकरण : एकजना बाउन्सर समातिए, प्रहरीले सोध्दा भने,'सुनको लागि हत्या गरें'

    काठमाडौं : कपनमा निरु पाण्डे आचार्यको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। झापा घर भएका डिस्कोतिर बाउन्सरको काम गर्दै आएका विनोद विकलाई प्रहरीले पक्राउ गरेको हो। अनुसन्धान जटिल बन्दै गएपछि एआइजीको नेतृत्वमा गठित समितिले एक युवकलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको हो। काठमाडौंबाट झापा पुगेको टोलीले विकलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ। बैशाख ७ गते दिउँसो कपनको सरस्वती नगरमा पसल…

    विस्तृतमा पढ्नुस्

  • ‘ब्यारेक’मा वाहवाही, ‘ब्यालेट’मा फ्लप!

    ‘ब्यारेक’मा वाहवाही, ‘ब्यालेट’मा फ्लप!

    काठमाडौं : तीस वर्षे प्रहरी सेवामा सेलिब्रिटी छवी बनाएका दुई प्रहरीको सांसद बन्ने सपनामा तत्कालका लागि ब्रेक लागेको छ - त्यो पनि दुईदुई पटक। रोचक त के भने दुवै एकै ब्याची प्रहरी र प्रहरी प्रमुखको प्रतिस्पर्धी थिए। पछिल्लो ६ महिनामा दुई पटकसम्म चुनावी मैदानको प्रतिस्पर्धामा सहभागी हुँदा पनि उनीहरू सफल हुन सकेनन्। प्रहरीमा रहँदा पत्याए पनि दुई प्रहरीलाई राजनीतिमा साथ…

    विस्तृतमा पढ्नुस्

  • मीराको प्रस्ताव, बालेनको ‘एक्सन’ : अनि सुरु भयो काठमाडौंभित्र पार्किङ व्यवस्थित गर्ने अभियान

    मीराको प्रस्ताव, बालेनको ‘एक्सन’ : अनि सुरु भयो काठमाडौंभित्र पार्किङ व्यवस्थित गर्ने अभियान

    काठमाडौं : पछिल्लो पटक प्रहरीको नेतृत्वमा को हुन्छ भन्ने रोचक प्रतिस्पर्धा चलिरहँदा उनी पनि एकै लहरमा थिइन्। नेपाल प्रहरीको ३०औँ महानिरीक्षक तोक्ने संघारमा उनको नाम धेरैले लिन्थे प्रहरी संगठनभित्र। तर, आईजी नियुक्तिको दुई साताअघि सरकाले एआईजी बढुवा गर्दा उनको त्यो प्रतिस्पर्धामा ब्रेक लाग्यो। सन्दर्भ हो तत्कालीन डीआईजी मीरा चौधरीको। पाँच जना डीआईजी बढुवा हुँदा मीरा परिनन्। त्यही ब्याची बढुवामा परेका…

    विस्तृतमा पढ्नुस्

  • बिहान ३:५४ बजेको त्यो घटना जसलाई सीसीटीभीले घरको बिच भागबाट मात्र देख्यो...

    बिहान ३:५४ बजेको त्यो घटना जसलाई सीसीटीभीले घरको बिच भागबाट मात्र देख्यो...

    काठमाडौं : हिजो राति (आइतवार) ११ बजे आफ्नो टीम सहित रवि लामिछाने चितवनको घरमा पुगे। चितवन भरतपुर महानगरपालिका ११ मा रहेको घरमा ७ महिना अगाडी मात्र उनी सरेका हुन्। दिनभरि चुनावी अभियानमा हिँडेकाले थाकेका उनीहरु एकैछिनमा सुतिपनि हाले। आज मंगलवा बारामा निर्वाचन प्रचारप्रसारमा जाने तयारी भएकाले निद्रा पुर्‍याउन हम्मेहम्मे भइसकेको थियो। रविसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल र नेता दीपक…

    विस्तृतमा पढ्नुस्

  • अपराधीको कठालो समात्ने नजिर बसाउने वर्षकै चर्चित घटना : हदम्यादले रोक्दा वैकल्पिक बाटो

    अपराधीको कठालो समात्ने नजिर बसाउने वर्षकै चर्चित घटना : हदम्यादले रोक्दा वैकल्पिक बाटो

    काठमाडौं : १० महिना अगाडिको सन्दर्भ। हालका प्रहरी महानिरीक्षक वसन्त कुँवर काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालिरहेका थिए। एसएसपीको दर्जामा थिए उनी। त्यतिखेर एकाएक एउटा घटना सोसल मिडियामा यसरी भाइरल भयो कि प्रहरी समेत अलमलमा पर्‍यो। के गर्ने? कसरी अनुसन्धान अगाडि बढाउने? नेपाल प्रहरीको कमान्ड आइजी धीरज प्रताप सिंहको कमाण्डमा चलिरहेको थियो। सामाजिक सञ्जालको दबाब एकातिर, कानुनको पाटो अर्कोतिर! पुरानो…

    विस्तृतमा पढ्नुस्

  • पहिले ‘प्रेम’ अनि ‘रिभेन्ज पोर्न’ : टिकटकसँग जोडिँदै अपराधको श्रृङ्खला

    पहिले ‘प्रेम’ अनि ‘रिभेन्ज पोर्न’ : टिकटकसँग जोडिँदै अपराधको श्रृङ्खला

    काठमाडौं : नेपाल प्रहरीको इन्टरपोल जवाफको प्रतीक्षामा छ। इन्टरपोलले प्रकृया अगाडि बढाउने संकेत गरेपछि धनगढीका एक युवक समातिनेछन्। युवक भारतमा भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यसैले इन्टरपोल मार्फत् युवकलाई नेपालमा पठाउन प्रक्रिया चालिएको हो। नेपाल प्रहरीको साइबर ब्युरो थप अनुसन्धानका लागि तम्तयार छ। प्रहरीको अनुसन्धानले गरेको संकेत अनुसार - अदालतबाट ती युवकले जरिबानासहित केही वर्षको कैद सजाय भोग्नेछन्। प्रहरीले खोजिरहेका…

    विस्तृतमा पढ्नुस्

  • ‘क्राइम थ्रिलर’कै शैली : बिमा रकम हत्याउन श्रीमती, साथी र छोरीकै हत्या! थपिए- विदेशबाट बाक्सामा फर्किनेहरु

    ‘क्राइम थ्रिलर’कै शैली : बिमा रकम हत्याउन श्रीमती, साथी र छोरीकै हत्या! थपिए- विदेशबाट बाक्सामा फर्किनेहरु

    काठमाडौं : बिमा रकम हत्याउन मानिसको हत्यादेखि ठगीका अनेक उपाय बाहिरिरहन्छन्। यस्ता गतिविधिमा संलग्न व्यक्ति त्यतिन्जेल खुला हुन्छन् जहिलेसम्म उनीहरुको आपराधिक गतिविधिबारे सुरक्षा निकाय अन्जान हुन्छ। जब त्यस्ता गतिविधि थाहा हुन्छ, प्रहरीको फन्दा उनीहरुको स्वागतका लागि तयार हुन्छ। बिमाको रकम हत्याउने विषयमा धेरै क्राइम थ्रिलर बनेका छन्। पति, पत्नी वा पार्टनरबिच बिमाको रकम पाउन हुने अपराधका घटनाका ‘प्लट’हरु फिल्म र…

    विस्तृतमा पढ्नुस्

  • ज्युँदालाई त ठगेठगे, मरेकालाई पनि छाडेनन्...

    ज्युँदालाई त ठगेठगे, मरेकालाई पनि छाडेनन्...

    काठमाडौं : स्वदेशमा काम नपाएपछि वैदेशिक रोजगारीमा जानु नेपालीका लागि पीडादायी वाध्यता बन्दै आएको छ। देश छोडेर मुलुकलाई रेमिट्यान्स पठाएर योगदान पुर्‍याइरहँदा पनि उनीहरु हरेक स्टेजमा लुटिँदै र ठगिँदै आएका छन्। ठगीको हद ज्यूँदो रहँदामात्र सीमित छैन। मृत्यु भइसकेका व्यक्ति र उनीहरुका परिवारलाई समेत ठग्नेहरु सक्रिय छन्।   वैदेशिक रोजगारीमा भएपछि मृत्यु भएको खण्डमा परिवारले पाउने बिमा रकम हडप्पनेहरु सक्रिय रहेको खुलेको छ। काठमाडौं उपत्यका…

    विस्तृतमा पढ्नुस्

  • विदेशबाट आउने शवमा पनि लाखौंको ठगी, अपराधीको ‘टार्गेट’मा मधेश प्रदेशका श्रमिक

    विदेशबाट आउने शवमा पनि लाखौंको ठगी, अपराधीको ‘टार्गेट’मा मधेश प्रदेशका श्रमिक

    काठमाडौं : काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले ठगी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएकाहरुको परिवारले पाउने बीमा रकममा ठगी गर्ने गिरोहका व्यक्तिहरु पक्राउ परेका हुन्। कार्यालयले शुक्रवार पत्रकार सम्मेलन गरेर ठगी धन्दा बारे खुलासा गरेको हो। पक्राउ परेका उनीहरुले विदेशमा मृत्यु भएकाहरुको परिवारले पाउने बीमा रकमबाट पाउने १३-१४ लाख रुपैयाँबाट ७-८ लाख रुपैयाँ आफूले राख्ने…

    विस्तृतमा पढ्नुस्

  • ‘हनी ट्रयापिङ’ भन्दा डरलाग्दो बन्दै 'सेक्सटोर्सन', टार्गेटमा पूर्व मन्त्रीदेखि व्यापारीसम्म

    ‘हनी ट्रयापिङ’ भन्दा डरलाग्दो बन्दै 'सेक्सटोर्सन', टार्गेटमा पूर्व मन्त्रीदेखि व्यापारीसम्म

    काठमाडौं : पूर्व मन्त्री एवम् जनमत पार्टीका नेता अब्दुल खान यतिखेर चर्चामा छन्। चर्चामा हुनुको कारण हो - भाइरल भइरहेको अश्लील भिडियो। एक युवतीसँग अश्लील हर्कत गरेको भिडियो बाहिरिएपछि उनीमाथि विभिन्न टीकाटिप्पणी हुने नै भयो। नेता खानले भने भिडियो गलत तरिकाले बाहिर आएको बताएका छन्। भिडियो 'म्यानुपुलेटेड' भएको उनको दाबी छ। खानले आफू ‘हनी ट्रयापिङ’मा परेको बताएका छन्। बिहीवार नेपाल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell