PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार राई पक्राउ



सविन ढकाल

पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार राई पक्राउ

काठमाडौंः पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ल्यौजाने प्रकरणमा उनलाई नियन्त्रणमा लिएको हो। ललितपुरबाट राईलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केही साता अगाडी यस प्रकरणमा केशव दुलाल, सानु भण्डारी र सागर राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

रामबहादुर थापा बादल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सरकारमा गृहमन्त्री थिए। २०७४ फागुन १४ गतेदेखि २०७८ असार २८ गतेसम्म उनले गृह मन्त्रालय सम्हालेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell