PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अपराधीको कठालो समात्ने नजिर बसाउने वर्षकै चर्चित घटना : हदम्यादले रोक्दा वैकल्पिक बाटो



सविन ढकाल

अपराधीको कठालो समात्ने नजिर बसाउने वर्षकै चर्चित घटना : हदम्यादले रोक्दा वैकल्पिक बाटो

काठमाडौं : १० महिना अगाडिको सन्दर्भ। हालका प्रहरी महानिरीक्षक वसन्त कुँवर काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालिरहेका थिए। एसएसपीको दर्जामा थिए उनी। त्यतिखेर एकाएक एउटा घटना सोसल मिडियामा यसरी भाइरल भयो कि प्रहरी समेत अलमलमा पर्‍यो। के गर्ने? कसरी अनुसन्धान अगाडि बढाउने?

नेपाल प्रहरीको कमान्ड आइजी धीरज प्रताप सिंहको कमाण्डमा चलिरहेको थियो। सामाजिक सञ्जालको दबाब एकातिर, कानुनको पाटो अर्कोतिर! पुरानो केस भएकाले जबर्जस्ती करणीमा विद्यमान कानुन आकर्षित नहुने भन्दै अनुसन्धान गर्न सुरुमा प्रहरी समेत हच्कियो।

प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि भने प्रहरी घटनाको अनुसन्धानमा जुट्यो। त्यतिमात्र होइन, घटनाको अनुसन्धान गर्ने समितिको नेतृत्व तत्कालीन एसएसपी वसन्त कुँवरको काँधमा आयो।

अनुसन्धानमा एसपी कृष्ण कोइरालालगायतको टिम खटिएको थियो। अब प्रहरीलाई अभियुक्तलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि नबढाई सुखै थिएन। सामाजिक सञ्जालबाट सल्किएको आगो सडक र सदनमा समेत दन्किन थालिसकेको थियो।

‘हामीलाई सुरुमा त एकदमै दबाब परेको थियो। पछि हामीले अनुसन्धान गरेर उसलाई समात्ने अवस्थामा पुग्यौं। अहिले अदालतको आदेशमा कैद भुक्तानमा छ,’ पूर्व प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले भने।

सामाजिक सञ्जाल तातेको एक साता नबित्दै प्रहरीले ती युवकलाई समात्यो। काठमाडौं छोडेर बाहिर पुगेका उनलाई पछि स्वयम्भूबाट प्रहरीले पक्राउ गर्‍यो।

हो उनी हुन् - मनोज पाण्डे। अभियोग सौन्दर्य प्रतियोगिताको नाममा यौन दुर्व्यवहार। घटना तत्कालको नभएर आठ वर्ष अगाडिको। त्यसैले प्रहरीसामु घटनाको अनुसन्धान र प्रमाण जुटाउन कठिन थियो।

विद्यमान कानुनले यौन दुर्व्यवहारको घटनामा हदम्याद समेत तोकेकाले सहजै अनुसन्धान गर्ने ढोका बन्द थियो। त्यति हुँदाहुँदै पनि प्रहरी अगाडि बढ्यो, महान्यायाधिवक्ता कार्यालयदेखि अदालतसम्म प्रहरीको अनुसन्धानमा पोजेटिभ देखिए। एउटा नजिर बस्दै थियो, अपराध अनुसन्धानाम।

घटना के हो?

गत जेठको पहिलो साता टिकटकमा ‘सुसी खान जाने हो’ नामको अकाउन्टबाट एक जना रेग्मी थरकी युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेकी थिइन्। २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटेलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी थिइन्।

उनले आफूलाई बलात्कार गर्ने र उनलाई साथ दिनेको थरमात्र खुलाएकी थिइन्। ती व्यक्ति कन्सल्टेन्सी सञ्चालक रहेको उनको भनाइ थियो। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि घटना तातेको थियो। युवतीले आफूमाथि भएको बलात्कार र पीडकका बारेमा मिस नेपाल २००२ माल्भिका सुब्बालाई समेत जानकारी दिएको बताएकी थिइन्।

पछि प्रहरीले अनुसन्धान गर्दा सुब्बाको बयान समेत लिएको थियो। त्यसैलाई आधार बनाएर प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको थियो। नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमा पनि यौन सम्बन्ध राख्न‍ निषेध गरेको छ। घटना भएको समयमा किशोरीको उमेर १८ वर्षभन्दा कम देखिएको थियो। त्यसैले यस्तो घटना अपराध मानिए पनि यौन दुर्व्यवहारमा हदम्याद तगारो बनेको थियो।

तर प्रहरीसँग एउटा विकल्प थियो। फरक कानुनको साहरा। मानव बेचबिखनमा चाहिँ हद म्याद हुँदैन। किशोरीले आफूलाई जबर्जस्ती होटेलमा बन्धक बनाएर यौन दुर्व्यवहार गरेको बयान दिएकी थिइन्। त्यसैले, प्रहरीले मानव बेचबिखन मुद्दालाई आकर्षित बनाएर अनुसन्धान थालेको थियो।

प्रहरीले सरकारी वकिल कार्यालयमा मावन बेचबिखन र यौन दुर्व्यवहार दुवैमा सजायको माग गर्दै रायसहितको प्रतिवेदन बुझायो। सरकारी वकिल कार्यालयले पनि त्यही अनुसार अदालतमा मुद्दा दर्ता गर्‍यो।

‘हामीलाई मानव बेचबिखनमा दर्ता गराउँदा सजाय हुन्छ भन्ने थियो। त्यो पनि आकर्षित हुने भएकाले त्यसमा मुद्दा अदालत लगेका हौं। पछि सजाय पनि निर्धारण भयो,’ तत्कालीन सरकारी वकिल कार्यालयका प्रमुख गङ्गा पौडेलले भने।

अन्तत: अदालतले पनि सबैभन्दा धेरै सजाय मानव बेचबिखनमा नै ठहर गर्‍यो। अपराध गर्नेलाई आठ वर्षपछि भए पनि सजाय मिल्यो। अपराध गरेपछि सजाय भोग्नुपर्छ भन्ने सामाजिक कथन कथन मात्र बन्न पाएन। कानुनी रुपमा पनि सजाय मिल्यो। यो घटना २०७९ मा चर्चा, छलफल मात्र बनेर एउटा नजिर र सबक सिकाउने घटनामा पनि दर्ज भयो।

सम्बन्धित समाचार

बलात्कार भोगेकी युवतीको खुलासा, ब्युटी प्याजेन्टका नाममा यौन शोषण : 'खसी बाजी राख्‍ने'लाई समात्‍ने प्रहरी जघन्य अपराधमा के हेरिरहेको छ?

बलात्कार भएको भन्दै युवतीले भिडियोबाट सार्वजनिक गरेपछि प्रहरीले थाल्यो अनुसन्धान

यौन शोषणकै कारण आत्महत्याको प्रयाससम्म गरेकी युवतीलाई श्रृंखलाको साथ : तिम्रो गल्ती छैन

हद म्यादबारे यसअघिका यस्ता नजिर जसले बलात्कृत युवतीलाई दिनसक्छ न्यायको आधार

प्रमाणले पीडित पुष्टि गर्दा पनि न्याय नदिने गजबको कानुन!

'हद म्याद'बारे नेपालमा न्याय : आँखा बन्द, हात बाँधिएको ​

​ऊ जितेर पनि हारी, अब के तिमी हारेर जित्छौ?

चौतर्फी दवावपछि प्रहरी पुग्यो बलात्कार पीडित युवतीको सम्पर्कमा

न्यायको मौनता तोड्न माइतीघरमा भेला भएका युवाले सोधे : राष्ट्रपति के मलाई सहयोग गर्छौ?

न्याय माग्दै स्वतस्फूर्त बालुवाटार घेर्न पुगे युवा : यौन हिंसाविरुद्ध प्रदर्शन

हदम्याद सम्बन्धी कानुन पुनर्विचार गर्न गगन थापाको माग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell