PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

चौतर्फी दवावपछि प्रहरी पुग्यो बलात्कार पीडित युवतीको सम्पर्कमा



पहिलोपोस्ट

चौतर्फी दवावपछि प्रहरी पुग्यो बलात्कार पीडित युवतीको सम्पर्कमा

काठमाडौं : आठ वर्ष अगाडि भएको यौन शोषणको घटना अनुसन्धान गर्न प्रहरी टोली पीडितकहाँ पुगेको छ।

महानगरीय अपराध महाशाखाको टोली पीडित युवतीको घरमा पुगेको हो। उनीसँग परामर्शदेखि घटनाबारेमा कानुनी बाटोका विषयमा छलफल गरेर प्रहरी फर्किएको छ। एसपीको नेतृत्वमा प्रहरी टोली युवतीको घरमा पुगेको हो।

बुधवार साँझ युवतीले सामाजिक सञ्जालामा भिडियो पोस्ट गरेर २०७१ सालमा भएको घटनाबारे सार्वजनिक गरेकी थिइन्। सामाजिक सञ्जालमा भिडियो भाइरल भएसँगै प्रहरीमाथि पनि प्रश्न उठेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको हो।

२०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। उनले आफूलाई बलात्कार गर्ने र उनलाई साथ दिनेबारे खुलाएकी छिन्। आठ वर्ष अगाडि भएको घटना कानुनी हद म्याद नलाग्ने भन्दै प्रहरीले अनुसन्धान गर्न तर्किएको छ।

खानेकुरामा नशालु पदार्थ राखेर बेहोस बनाई करणी गरेको उनको आरोप छ। त्यसपछि पनि फोटो र भिडियोका लागि भन्दै पटकपटक करणी गरेको पीडित किशोरीको दाबी छ। प्रहरीले आरोपी युवकको पनि निगरानी राखेको छ।

प्रमाणले पीडित पुष्टि गर्दा पनि न्याय नदिने गजबको कानुन!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell