PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

न्याय माग्दै स्वतस्फूर्त बालुवाटार घेर्न पुगे युवा : यौन हिंसाविरुद्ध प्रदर्शन

न्याय माग्दै स्वतस्फूर्त बालुवाटार घेर्न पुगे युवा : यौन हिंसाविरुद्ध प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सामाजिक संजालमार्फत् एक किशोरीले आफूमाथि यौन हिंसा भएको खुलासा गरेपछि उनको समथर्नमा आज बालुवाटारमा प्रदर्शन भएको छ।

स्वतस्फूर्त रुपमा प्रधानमन्त्री निवास बालुवाटार घेर्न जाने अभियानमा रहेका युवायुवतीको समूहलाई प्रहरीले भाटभटेनीमै रोकेको थियो। त्यहीँ युवायुवतीहरुले पीडित युवतीलाई न्याय माग्दै नाराबाजी गरेका थिए।

उनीहरुले हद म्यादको कानुन संशोधन गर्न मागसमेत गरेका छन्। बुधवार रेग्मी थर गरेकी एक युवतीले २०७१ सालमा मिस ग्लोबल इन्टरनेश्नल नामक ब्युटी प्याजेन्टका क्रममा संचालकले आफूलाई बलात्कार गरेको खुलासा गरेकी थिइन्। साथै, उक्त घटनापछि पनि आफूमाथि भएको अन्य यौन दुर्व्यवहारका घटनाका बारेमा पनि भिडियोमा उनले बताएकी छिन्।

उक्त खुलासापछि सामाजिक संजालमा पीडकलाई कारवाहीको माग भइरहेको छ। बलात्कार गर्नेका साथै किशोरीले घटनाबारे जानकारी दिएको तर उनलाई सहयोग गर्न अस्वीकार गरेकालाई पनि कारवाहीको माग भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell