काठमाडौं : २०७२ सालको भूकम्पले क्षति पुगेको सिंहदरबार पुनर्निर्माणको चरणमा रहेको छ। रेट्रेफिटिङबाट हाल राणाकालमा बनेको देशको प्रमुख प्रशासनिक केन्द्रको भवन पुनर्निर्माण भइरहेको हो। भत्काएर आधुनिक शैलीमा बनाउने कि पुरानै शैलीलाई कायम राख्दै पुनर्निर्माण गर्ने भन्ने लामो बहसका कारण भूकम्प गएको धेरै समयसम्म सिंहदरबारको पुनर्निर्माणको कामले गति लिन सकेको थिएन। विशेषगरी पश्चिमी मोहडालाई पुनर्निर्माण गर्न जटिल रहेकोले धेरै समय लिएको…
नेपाली काँग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै प्रतिपक्षी दल काँग्रेस सडकमा ओर्लिएको हो। यही अवसरमा वसन्तपुरमा काँग्रेसले विरोध प्रदर्शन गर्यो। काठमाडौं महानगर काँग्रेसको आयोजना भएको प्रदर्शन शान्ति बाटिका, असन हुँदै वसन्तपुरमा विरोध सभामा परिणत भएको थियो। विरोध सभालाई सम्बोधन गर्दै काँग्रेस नेता…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दिनहुँजसो सडकमा विरोध प्रदर्शन हुँदै आएको छ। विभिन्न तहबाट हुने गरेका प्रदर्शनहरुमा नयाँ नयाँ शैली र स्वरुप देखिने गरेको छ। यस्तैमा आज नेपाली कांग्रेस निकट युवाले ‘टग अफ वार’ (डोरी तान) मार्फत विरोध प्रदर्शन गरेका छन्। नेपाली कांग्रेस युवा प्रचार नेटवर्क र कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा सो प्रदर्शन…
काठमाडौं : थारु समुदायको वर्षकै ठूलो माघी पर्व आजबाट सुरु भएको छ। पहिले पहिले माघी भन्ने वितिकै पर्वका साथै कम्लहरी बस्ने दिनको रुपमा पनि बुझिन्थ्यो। जमिनदार र धनाढ्यले थारुका छोराछोरीलाई कमैया र कम्लहरीका रुपमा लाने, गएकाहरु नविकरण गर्ने महिना माघ हुन्थ्यो। सरकारले २०५७ साउनमा कमैया मुक्ति र २०७० असारमा कम्लरी मुक्तिको घोषणा गरेपछि थारुहरु आजाद भएर माघी पर्व मनाउँछन्। थारु…
काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपाको प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संयुक्त रुपमा मसाल जुलुस निकालेका छन्। नेविसंघ र अनेरास्ववियुले संयुक्त रुपमा आज पाटन क्याम्पस अगाडि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध मसाल जुलुस निकालेको हो। उनीहरुले भारतीय पत्रकार सुधीर चौधरीको विषयमा पनि विरोध गरेका थिए। उनीहरुले सरकारविरुद्ध नारा…
काठमाडौं : सडकमा ओर्लिएको प्रचण्ड माधव नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को कित्तामा उभिएका अखिलले आज सरकारविरुद्ध बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम राखेको थियो। बिहान पाटन, दिउँसो माइतीघर र साँझ भक्तपुरमा बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम रहेको अखिलले प्रचार नै गरेको छ। बिहान ७ बजे नै पाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध बयलगाढा प्रदर्शन गर्ने कार्यक्रम थियो। तर ढिला गरी करिब ९ बजेतिरमात्र विद्यार्थीहरु प्रदर्शनीमा…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज राजधानीमा 'धोती र्याली' निकालिएको छ। ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै विरोध भइरहेको बेला मधेशबाट आएकाहरुले ओलीको कदमको समर्थनमा र्याली निकालेका हुन्। र्यालीमा सहभागी हुन महोत्तरी, सर्लाही लगायतका जिल्लाबाट शुक्रवार नै मानिसहरु काठमाडौं आएका थिए। सेतो कुर्ता र धोती लगाएर सडकमा ओर्लिएकाहरुले ओलीको समर्थनमा रहेको युवा संघको झण्डा बोकेर र्यालीमा आएका थिए। आफूसँगै ल्याएका ब्यागहरु…
काठमाडौं : नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज बानेश्वरमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा अखिलले मिन भवन अगाडि नेपाल कमर्स क्याम्पस नजिक प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर पार्टीको नेतृत्व तहसँगै विद्यार्थी संगठन पनि चिरिएको छ। उनीहरुले प्रधानमन्त्रीको कदमको…
काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा माइतीघरमा र्याली निकालेको छ। नेकपाको ओली समूह निकट विद्यार्थीहरुले आज दिउँसो माइतीघरदेखि बबरमहलसम्म र्यालीसहित प्रदर्शन गरेका हुन्। बबरमहलमा अनेरास्ववियुले बृहत कार्यकर्ता भेला आयोजना गरेको छ। भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाको अगाडि निकालिएको र्यालीमा विद्यार्थीहरुले ‘बोली अलि पिरो हो, केपी ओली हिरो हो। केपी ओली…
काठमाडौं : बृहत नागरिक आन्दोलनको अन्तिम दिन आज पनि प्रतिगमनविरुद्ध सडक नाटक देखाइएको छ। देशको वर्तमान राजनीतिक अवस्थालाई व्यङ्ग्य गर्दै माइतीघरमा सडक नाटक देखाइएको हो। सडक नाटकमा राजनीतिक नेताहरु कुर्ची खोसाखोस गर्नमै तल्लिन भएको कुरालाई प्रस्तुत गरिएको थियो। नाटकमा शासक हटे पछि पनि देशको अवस्था फेरि उस्तै भएको देखाइएको थियो। नाटकसँगै प्रदीप देवानको गीति प्रस्तुतिमार्फत पनि राजनीतिक अवस्थाबारे संदेश दिइएको…
काठमाडौं : 'हाम्रो शान, हाम्रो स्वभिमान : हाम्रो पोशाक हाम्रो पहिचान' भन्ने नारासहित पोशाक दिवस मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आठ वर्षदेखि आजको दिनलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउँदै आएको छ। दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान र्याली निकालेको छ। र्यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल, गुन्युचोली र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागी भएका थिए। सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर…
काठमाडौं : काठमाडौंको भित्री भागमा नेकपाको आन्दोलनका कारण यातायात प्रभावित भएको छ। ट्राफिक व्यवस्थापन हुन नसक्दा मानिसहरु अलपत्र परेका छन् भने सहज रुपमा सडकमा यात्रा गर्न सक्ने अवस्था छैन।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै प्रचण्ड-माधवकुमार नेपाल समूहले आज प्रदर्शन गरिरहेको छ। उपत्यकाका १३ स्थानबाट जुलुससहित विरोधका कार्यक्रम संचालन भएकाले यातायात पूर्ण रुपमा प्रभावित हुन पुगेको हो। जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत…
काठमाडौंः वाइड बडी स्वाहा! बालुवाटर स्वाहा! पानी जहाज स्वाहा! ७० करोड स्वाहा! लोकतन्त्र स्वाहा! पार्टी स्वाहा! पिठो र केसरीको रेखीका बीच होमका लागि समिदा तयार नै थियो। चारैतिर माथिको मन्त्रध्वनी गुन्जयमान थियो। शंख ध्वनी बजाउँदै गेरु बस्त्रमा रहेका केही ब्राहणहरुले होम गरिरहेका थिए। वरिपरि आरती गर्ने समयमा भक्तजनहरु झुम्मिए झै झुम्किएका थिए। कुनै घर, मन्दीरमा लगाएको रुद्रीचण्डी र हवन् थिएन। काठमाडौंको प्रर्दशनीमार्गस्थित बाल्मिकी…
काठमाडौं : शुक्रवार क्रिसमस। जिजस क्राइस्ट (यशु क्रिस्ट)को जन्मदिन। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्। क्रिसमसको अघिल्लो रात संसारभर ‘क्रिसमस इभ’ मनाइरहँदा नेपालमा पनि यो पर्व मनाइएको छ। तर कोरोना भाइरसको संक्रमणका कारण यसपटक पहिला वर्षहरुमा झै क्रिसमस इभको रौनक देखिएन। काठमाडौंमा पनि इभको दिन विदेशी पर्यटकहरुको भीड हुने विभिन्न स्थानहरुमा क्रिसमस इभको रौनक देखिन्थ्यो। तर संक्रमणका…
काठमाडौं : संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्धको प्रदर्शनलाई जारी राखेको छ। सो क्रममा सोमवार नेविसंघले शंकरदेव क्याम्पसको गेटमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो जलाएको छ। सरकारले गैर संवैधानिक र अलोकतान्त्रिक कदम चालेको भन्दै उनीहरुले केपी शर्मा ओली अधिनायकवाद उन्मुख रहेको आरोप समेत लगाए। ओलीको कार्यशैलीको विरोध गर्दै नेविसंघले आन्दोलन थालिसकेको र यो जारी…
काठमाडौं : नेपाल विद्यार्थी संघले संसद विघटन गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेविसंले देशभर विरोध प्रदर्शन गरेको छ। प्रदर्शनीमार्गमा नेविसंघ कार्यकर्ताहरुले प्रधानमन्त्रीको पुतला जलाउँदै संसद विघटनको विरोध गरे। राष्ट्रपतिले गैर संवैधानिक र अलोकतान्त्रिक कदम चालेको भन्दै उनीहरुले केपी शर्मा ओली अधिनायकवाद उन्मुख रहेको आरोप समेत लगाए। ओलीको कार्यशैलीको विरोध गर्दै नेविसंघले…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेपछि देशभर विरोध प्रदर्शन सुरु भएको छ। विपक्षी दलका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका जनवर्गीय संगठनहरुले काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन्। राष्ट्रपतिले संसद विघटन गरेर गैर संवैधानिक कार्य गरेको भन्दै नेपाल विद्यार्थी संघले बानेश्वरस्थित संसद भवन अघि प्रधानमन्त्री केपी शर्मा ओलीको…
काठमाडौं : जीवित देव श्री भैरव परिवर्तन भएको छ। तलेजुका मूल पुजारी उद्दव कर्माचार्यले जीवित देव भैरवका रुपमा कर्सनव शाक्यलाई आज प्रतिस्थापन गराएका हुन्। कीर्तिपुण्य महाविहार, क्वहिती बहा: स्थित घरमा ३ वर्ष १० महिनाका कर्सनव शाक्यलाई जीवित देव भैरवका रुपमा सगुन दिएर प्रतिस्थापन गराइएको हो। यसअघिका जीवित देवता भैरव रुजन शाक्य ओमबहालस्थित मञ्जुश्री नक महाविहारस्थित घरमा बस्दै आएका थिए। रुजन शाक्यको घरबाट…
काठमाडौं : काठमाडौंमा कोरोना संक्रमणको जोखिम घटेको छैन। त्यसमाथि काठमाडौं महानगरभित्र संक्रमितको संख्या अन्य स्थानीय तहभन्दा धेरै नै रहेको छ। महामारीबीच अधिकांश क्षेत्रहरु खुल्ला भइसकेका छन्। कतै स्वास्थ्य प्रोटोकल पालना भएको छ त कतै छैन। यस अवस्थामा महानगरभित्रका सबै विद्यालयहरु भने संचालनमा आउन सकेका छैनन्। महानगरले पनि विद्यालय संचालन गर्न दिने 'रिक्स' लिन चाहेको छैन। यद्यपि, महागरभित्र स्थानीय तहसँग सहकार्य…
काठमाठौं : कोभिड-१९ महामारी रोकथामका लागि गत वर्ष चैत ११ गतेदेखि लकडाउन शुरु भयो। सोही समयबाट बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन्। पुसको चिसोमा पनि सयौँ भक्तजन मन्दिर प्रवेश गरेर दर्शन गरेको…