काठमाडौं : पेट्रोलियम पदार्थको अभाव हुने त्रासले काठमाडौं उपत्यकामा रहेका पेट्रोल पम्पहरुमा इन्धन भर्नेहरुको लामो लाइन लागेको छ। शुक्रवारदेखि नै पेट्रोल पम्पमा देखिएको लामो लाइन शनिवार पनि कायमै रह्यो। राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको थियो। निगमले माग सम्बोधन नगर्दा डिलरहरुले खरिद गर्ने सबै इन्धनको ढुवानी रोकिएको समितिले जनाएको थियो। यस्तै, चैत २० गतेबाट पेट्रोलियम…
काठमाडौं : शुक्रबार टुँडिखेलमा घोडेजात्रा मनाइएको छ। नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी घोडेजात्रा मनाएको हो। घोडेजात्रा अवलोकनका लागि टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन लगायतका पुगेका थिए। जात्रामा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला, लगायतका विभिन्न कला प्रस्तुत गरेका थिए। गुरुमापा भन्ने तुण्डि नामको राक्षसले केटाकेटी खाएर आतंकित पारेपछि शहरवासीले अनेक उपाय लगाएर राक्षसको संहार…
काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि आवेदन दिएका करिब ३ लाख युवाहरु अहिले म्यादी प्रहरीको छनौट प्रक्रियामा छन्। नेपाल प्रहरीले केही दिनदेखि उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्तीको परीक्षा लिइरहेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंमा आवेदन दिएका युवाहरुको अहिले कीर्तिपुर ल्याबोरेटरी हाइस्कुलमा परीक्षा चलिरहेको हो। शनिवारसम्म आवेदकहरुको परीक्षा संचालन हुने प्रहरीले जानकारी दिएको छ। १ लाख संख्यामा भर्ना…
कोरोना कहरका कारण दुई सालदेखि मनाउन नपाएको होली यो साल हर्सोल्लासको साथ समापन भएको छ। बिहीबार उपत्यकासहित पहाडी जिल्लामा होली मनाइएको छ। र, शुक्रबार तराई मधेशमा होली मनाइएको छ। रंगको पर्व होली काठमाडौँको उत्तरपूर्वी क्षेत्र बुढानिलकण्ठमा भने फरक रुपमा मनाइएको छ। नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृतसंघ (इस्कोन नेपाल) ले पुष्प होलीको आयोजना गरेको हो। तस्विरमा पुष्प होली
कोभिड-१९ संक्रमणको जोखिम बढेसँग अघिल्ला दुई सालको होली रंगहीन जस्तै बने। यो वर्ष भने कोभिड संक्रमण न्यूनीकरण भएपछि धेरैले रंगको पर्वलाई उल्लासमा परिणत गरे। उपत्यकामा बिहीबार होली धुमधाम रुपमा मनाइएको छ। तराईका जिल्लामा शुक्रबार मनाइँदै छ। मुख्य पर्यटकीय स्थलमा होली खेल्नेको सहभागिता उल्लेख्य थियो। प्रहरीको कडाइले मूल सडकमा होलीको प्रभाव कम भए पनि भित्री सडक र शहरमा होलीको रौनक छाएको…
काठमाडौंः काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरेको कमलपोखरीको उद्घाटन गरिएको छ। आज एक कार्यक्रमबीच महानगर प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीको उद्घाटन गरेका हुन्। दलदल बनेको पोखरीलाई महानगरले बजेट विनियोजन गरेर नयाँ शैलीमा बनाएको हो। पोखरीको बीचमा कमलको फूल निर्माण गरिएको छ। चारैतिर बस्न मिल्ने गरेर परम्परागत शैलीमा पाटी (फल्चा) निर्माण गरिएको छ। यस्तै, पोखरीको वरिपरि ९ वटा चैत्य, ढुङ्गेधारा,विभिन्न देवी देवताको मूर्ति समेत…
काठमाडौं : बढ्दो महिला हिंसाको विरोधमा श्रीमती संगठनले आज माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। डेढ वर्षीया बालिकाको बलात्कार लगायतका घटनाको मुद्दा उठाउँदै उनीहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले बलात्कारविरुद्धको शिक्षा विद्यालयबाट नै दिनुपर्ने माग समेत राखेका छन्। महिलाहरुले 'छोरी चेलीको रक्षक, नारी शक्ति एक हौं', ''बलात्कार तिमीहरु गर्ने, लुकेर हामी बस्नुपर्ने' लगायतका नारा लेखिएको ब्यानर समेत प्रदर्शन गरेका थिए।
काठमाडौं : ललितपुरको ढोकैमा क्याफेमा अहिले परम्परागत र समकालीन चित्रकला प्रदर्शनी चलिरहेको छ। काठमाडौं त्रिनालेसँगको सहकार्यमा टुलिका कलाले ‘खोला २⁵, ३२ साइकल अफ लाइफ’ (Kholo 2⁵) प्रदर्शनी आयोजना गरेको हो। चित्रकलाको विभिन्न विधामा कलम चलाउने २३ कलाकारहरुको तस्विर अहिले प्रदर्शनीमा राखिएको छ। उजेन नोर्बु गुरुङले ‘कुरेट’ गरेको यो प्रदर्शनीमा कन्टेम्परी र ट्रेडिस्नल आर्ट विधाका चित्रहरु समेटिएको छ। समाजबाट हराउँदै गएका कुराहरुलाई…
काठमाडौँको सरस्वती नगरमा सिरक डस्ना कारखानामा लागेको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको छ। मंगलबार राति ८ बजेतिर आगलागी भएको थियो। आगो नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लासहितका पाँचवटा दमकल प्रयोग भएका थिए। यस्तै आगलागी नियन्त्रणमा पानी ट्याङ्करको पनि प्रयोग गरिएको थियो। आगलागीको कारण र क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ठमेलस्थित लर्डस् अफ ड्रिङक्स (एलओडी) मा महिला बक्सिङ प्रतियोगिता आयोजना गरियो। ‘बक्समाण्डु’ले आयोजना गरेको प्रतियोगितामा विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ), बक्समाण्डु लगायतका टोलीले सहभागिता जनाएको थियो। प्रतियोगिताको प्रत्येक विधामा प्रथम हुने खेलाडीलाई ५० हजार नगद सहित पुरस्कृत गरिएको थियो। बक्समाण्डुले विगत केही वर्षदेखि महिला दिवसको अवसरमा बक्सिङ…
शनिवार ललिपुरमा रहेको लबिम मलस्थित क्युएफएक्स हलमा फरक दृश्य देखियो। हलमा हलिउड फिल्म 'ब्याटम्यान' प्रदर्शन भइरहेको थियो। सुपरहिरो फिल्म हेर्न बच्चादेखि युवाहरुको क्रेज देखिन्थ्यो। फिल्मको मध्यानतर हुँदा हलमा 'ब्याटम्यान' को भेषमा एक व्यक्तिको प्रवेश भयो। अनि हलमा छुटै माहोल बन्यो। दर्शकहरुको हुटिङ सुरू भयो। उनीहरु 'ब्याटम्यान' झै देखिने सुपरहिरोसँग झुम्मिन थाले। फोटोहरू खिच्न थाले। ब्याटम्यानको भेषमा लबिममा देखिएका थिए सजल लोप्चन। क्युएफएक्सले फिल्मको प्रचारप्रसारका लागि…
काठमाडौं : आज महाशिवरात्री। नेपाली सेनाले आजको दिनलाई ‘सेना दिवस’का रुपमा मनाउँदै आइरहेको छ। नेपाली सेनाले मंगलवार देशरभर विविध कार्यक्रम गरी सेना दिवस मनाइरहेको छ। शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्यो। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो। सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायतविविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यस्तै, यस…
काठमाडौं : दुई वर्ष लगातार कोभिड १९ को त्रासले पशुपतिमा शिवरात्रि खल्लो रह्यो। मन्दिरमा ताला झुन्ड्याइयो। बाहिरको निरश वातावरण। यसपाला भने शिवरात्रिको बहार फर्किएको छ। मानिसहरु बिहानैदेखि पशुपतिनाथ सहित मुलुकका प्रमुख शिवालयहरुमा दर्शनका लागि पुगेका थिए। १० लाख दर्शनार्थीको अपेक्षा गरिएको छ यसपाला पशुपतिमा। त्यसैअनुसार व्यवस्थापन गरिएको छ। कोरोना महामारीले दुई वर्ष रोकिएको महाशिवरात्रि मेला यसपाला झकिझकाउ बत्ती सहित रंगिएको छ। लोभलाग्दो छ माहोल…
काठमाडौं : महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान सबेरैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। कोरोना महामारीले दुई वर्ष रोकिएको महाशिवरात्रि मेलामा यसपालि भीड निकै बढेको हो। कोरोनाको पीडा बिर्सिएर भक्तजनहरु शिवरात्रि माहोलमा रमाएका छन्। महादेवको दर्शन गर्न र शिवरात्रि मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीहरु पशुपतिनाथ आइपुगेका छन्। भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा मिलनकुमार…
काठमाडौं : कोरोना महामारीको त्रास कम भएसँगै यसपटक पशुपतिनाथ परिसरमा शिवरात्रि मनाउन साधुसन्त, जोगी र महन्थ जम्मा हुन थालेका छन्। कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ। तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोबार पनि बढ्दो देखिन्छ। जोगी, सन्यासीहरु अघिल्ला वर्षभन्दा बढ्न थालेका छन्। कोरोना भुल्दै जाँदा यस क्षेत्रमा चमक बढ्दो छ। हिन्दू धर्मावलम्बीको महान् चाड महाशिवरात्रि मङ्गलबार…
काठमाडौं : युक्रेनमाथिको आक्रमण तत्काल रोक्न माग गर्दै बौद्धमा प्रदर्शन भएको छ। मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले सोमबार बिहानै बौद्धमा प्रदर्शन गरेको हो। उनीहरुले रुसलाई तत्काल युद्ध रोक्न माग गर्दै एस टु पिस नो टु वार, सेभ पिपल फ्रम वारजस्ता प्ले कार्ड बोकेर मैनबत्ती बाल्दै प्रदर्शन गरेका थिए।
मंगलवार शिवरात्री। कोरोना महामारीको त्रास कम भएसँग यसपटक पशुपतिनाथ परिसरमा शिवरात्री मनाउन साधुसन्त, जोगी र महन्थ जम्मा हुन थालेका छन्। कोरोनाका कारण अघिल्ला वर्षहरुमा झन्डै सुनसान बनेको पाशुपत क्षेत्रको रौनक फर्किएको छ। तीर्थालुको भिड र सानासाना व्यापार गर्नेहरुको कारोवार पनि बढ्दो देखिन्छ। जोगी, सन्यासीहरु अघिल्ला वर्षहरुमाभन्दा बढ्न थालेका छन्। कोरोना भुल्दै जाँदा यस क्षेत्रमा चमक बढ्दो छ। साधुसन्तको आगमन देख्दा…
काठमाडौं : फागुन लागेपछि फोहोर ढुवानी रोकिएका कारण उपत्यकामा थुप्रिएको फोहोर अझै उठिसकेको छैन। कतैकतै उठाउन थालिए पनि धेरैजसो चोकमा दुर्गन्धित फोहोरको डंगुर छ। मुड्खु-तीनपिप्लेका स्थानीयको अवरोधका कारण काठमाडौंको फोहोर विसर्जस्थलसम्मको ढुवानी रोकिएको हो। उपत्यकाको फोहोर विर्सजन नुवाकोटको ककनी गाउँपालिका-२ को सिसडोल ल्याण्डफिल साइटमा हुँदै आएको छ। उक्त साइट जान प्रयोग हुने पासाङ ल्हामु राजमार्गअन्तर्गतको मुड्खु-तिनपिप्ले सडक खण्ड कालोपत्रे हुनुपर्ने माग…
काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएलले विरोध प्रदर्शन गरेको छ। राजधानीमा आज मसाल जुलुस निकाल्दै वाइसीएलले प्रतिनिधिसभामा पेश भएको एमसीसी प्रस्ताव अघि नबढाउन माग गरेको हो। माओवादी केन्द्रले सदनमा एमसीसी पेश गर्न सहमति जनाए पनि त्यो पारित गर्न मत नदिने बताउँदै आएको छ। सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांग्रेस एमसीसीको…
काठमाडौं : भोलि फेब्रुअरी १४। प्रेमलाई प्रगाढ बनाउने पर्व अर्थात् 'भ्यालेन्टाइन्स डे'। प्रणय दिवसका अवसरमा शहरी क्षेत्रमा युवा लक्षित विभिन्न कार्यक्रम आयोजना हुँदैछन्। जोडी लक्षित आकर्षक प्याकेजहरु पनि घोषणा भएका छन्। पोखरामा पनि 'भ्यालेन्टाइन्स डे'मा प्रेम जोडीका लागि होटल र रिसोर्टले विभिन्न प्याकेज ल्याएका छन्। प्याकेज घोषणा गरिएका रिसोर्ट र होटलहरुले अपेक्षाअनुसार बुकिङ भने पाएका छैनन्। यद्यपि, साहसिक पर्यटनका लागि…