PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

यसरी बनिरहेको छ नागढुंगा-नौबिसे सुरुङमार्ग, मन्त्री पुगे अनुगमनमा

यसरी बनिरहेको छ नागढुंगा-नौबिसे सुरुङमार्ग, मन्त्री पुगे अनुगमनमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नागढुंगा-नौबिसे सुरुङमार्गलाई एक वर्षभित्र सवारी चल्ने बनाउनेगरी काम सक्न भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्देशन दिएका छन्।

आयोजनाको मुख्य सुरुङ खन्ने काममा प्रगति ८२ प्रतिशत पुगेपछि शुक्रबार मन्त्रीको टोली नागढुंगा-मुग्लिन सडकको अनुगमनमा गएको थियो। त्यस क्रममा उनले सुरुङमार्ग आयोजनाका अधिकारीहरुलाई निर्माणलाई तीव्रता दिन निर्देशन दिएका हुन्।

सुरुङमार्ग निर्माणमा के कस्ता समस्या र चुनौती छन् भनेर बुझ्ने काम भएको पनि मन्त्री ज्वालाले बताए।

‘हामी आयोजनाले अझै जग्गा प्राप्ति गर्ने, निर्माण सामाग्रीको सहज उपलब्धता र समन्वय गर्ने विषयमा पनि सहजीकरण गर्नेमा जोड दिनेछौं,’ उनले भने, ‘यस्ता समस्याहरूलाई मन्त्रालय स्तरबाट गर्नुपर्ने काम चाँडै समाधान गर्छौ।’

मन्त्री ज्वालाले यस आयोजनामा देखिएका समस्यालाई मन्त्रालयमा बसेर वा स्थलगत रुपमा आयोजना स्थलमा आएर पनि समाधान गरिने बताए। आयोजना चाँडो सम्पन्न गर्नका लागि आवश्यक सबै उपाय र समन्वय गरिने उनको भनाइ थियो।



ट्रेन्डिङ पोस्ट

Ncell