PahiloPost

Jan 28, 2026 | १५ माघ २०८२

प्रचण्ड दिल्लीको सत्कारमा रहँदा संयुक्त विद्यार्थी संगठनले जलाए अखण्ड भारतको नक्सा

प्रचण्ड दिल्लीको सत्कारमा रहँदा संयुक्त विद्यार्थी संगठनले जलाए अखण्ड भारतको नक्सा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भारतको नयाँ संसद भवनमा अखण्ड भारतको नक्सामा नेपालको भूमिसमेत राखिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्।

आइतवार उद्घाटन गरिएको भवनमा कपिलवस्तु र लुम्बिनीलाई अखण्ड भारतमा राखिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा रहँदा विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले अखण्ड भारतको नक्सा पनि जलाएका छन्।

प्रचण्डलाई भ्रमणका क्रममा अखण्ड भारतको नक्साविरुद्ध उभिन दबाब छ।

यस्तै, विद्यार्थी संगठनले भारतसँग भएका अन्य असमान सन्धी सम्झता खारेज गर्न पनि माग गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell