PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

दुबै खुट्टा गुमाएका सगरमाथा आरोही बुढालाई विमानस्थलमा स्वागत

दुबै खुट्टा गुमाएका सगरमाथा आरोही बुढालाई विमानस्थलमा स्वागत

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढा काठमाडौं आइपुगेका छन्। बुढालाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ।

लुक्लाबाट काठमाडौं आइपुगेका बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै  मगर समूदायले झाँकीसहित स्वागत गरे।

भूतपूर्व गोर्खा सैनिकसमेत रहेका बुढा जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरो पुगेको थियो। योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोहीसमेत बनेका छन्। उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन्।

पर्यटन मन्त्री किरातीले आरोही बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाएको भन्दै बधाइ दिए।



ट्रेन्डिङ पोस्ट

Ncell