PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

नीति तथा कार्यक्रम वाचन गरेर संसद् भवनबाट बाहिरिए राष्ट्रपति पौडेल

नीति तथा कार्यक्रम वाचन गरेर संसद् भवनबाट बाहिरिए राष्ट्रपति पौडेल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न शुक्रवार संघीय संसद् भवन नयाँ बानेश्वर पुगे। आवातजावतलाई रोक नगरी उनी संसद् भवन पुगे।

काठमाडौंको बिजुली बजारबाट घोडा सवारको स्कटिङमा राष्ट्रपति संसद् भवन पुग्दै आएका थिए। राष्ट्रपति भएदेखि नै सर्वसाधारणलाई असर पर्नेगरी भड्किलो सुरक्षा घेरा नलिएका पौडेलले यसपटक पनि आम मानिसलाई असर नपर्ने गरी स्कटिङ गर्न अनुरोध गरेका थिए।

करिब दुई घण्टा नीति तथा कार्यक्रमहरू वाचन गरेर राष्ट्रपति पौडेल संसद् भवनबाट बाहिरिएका छन्। संसद्बाट बाहिरिँदै गर्दा त्यहाँ उपस्थितहरुले उनलाई अभिवादन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell