आठ हजार मिटरभन्दा माथिका सबै १४ चुचुराको सबैभन्दा छिटो आरोहण गर्ने नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। ३७ वर्षीय हरिलाले ८ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गरेकी हुन्। एक वर्षमा उनले सबै हिमालको आरोहण पूरा गरेकी हुन्। अन्नपूर्ण हिमालबाट आरोहण यात्रा सुरु गरेकी थिइन्।