PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कैदीको पोशाक लगाएका नेविसंघ कार्यकर्ताको देउवालाई प्रश्न : बालकृष्ण खाणलाई किन निलम्बन नगरेको?

कैदीको पोशाक लगाएका नेविसंघ कार्यकर्ताको देउवालाई प्रश्न : बालकृष्ण खाणलाई किन निलम्बन नगरेको?

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसका नेता बालकृष्ण खाण अहिले प्रहरी हिरासतमा छन्। नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको देखिएपछि पूर्व गृहमन्त्रीसमेत रहेका खाणलाई प्रहरीले पक्राउ गरेको हो।

यो प्रकरणमा अहिलेसम्म १२ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ। यही मुद्दामा प्रहरीले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई खोजिरहेको छ। नेकपा एमालेका सचिव रहेका रायमाझीलाई एमाले कारवाही गरि निलम्बन गरिसकेको छ।

फरार रायमाझीलाई निलम्बन गर्दा नेपाली कांग्रेसले खाणलाई कारवाही नगरेको भन्दै आलोचना भइरहेको छ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा खाणलाई निलम्बन गर्नुपर्ने पक्षमा उभिँदा पार्टी सभापति शेरबहादुर देउवा मानेका छैनन्। अनुसन्धान चलिरहेको भन्दै कांग्रेसले खाणलाई कुनै कारवाही नगर्ने निर्णय गर्‍यो।

पार्टीको सोही निर्णयविरुद्ध आज नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। कांग्रेसको भातृ संस्था नेविसंघको त्रि-चन्द्रका विद्यार्थीहरुले नेतृत्वलाई प्रश्न सोध्दै र्‍याली निकालेका हुन्।

‘अब त अति भयो’ भन्दै उनीहरुले पार्टी सभापतिलाई सोधेका छन् : बालकृष्ण खाणलाई किन निलम्बन नगरेको?

सो क्रममा प्रदर्शनमा सहभागीहरुले सडकमा कैदीको पोशाक लगाएर भ्रष्टाचारविरुद्ध नारा लगाएका थिए। उनीहरुले यो प्रकरणमा दोषी सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग समेत गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell