PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोका गुड्यो साझा, शुरुमा ३ वटा विद्युतीय बसको सेवा

पाटनढोकाबाट रत्नपार्क हुँदै जोरपाटी दक्षिणढोका गुड्यो साझा, शुरुमा ३ वटा विद्युतीय बसको सेवा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : साझा यातायातले नयाँ रुटमा ३ वटा विद्युतीय बस सोमबारदेखि संचालनमा ल्याएको छ। ती बसहरु पाटनढोका-रत्नपार्क- ज्ञानेश्वर- रातोपुल- गौशाला- चाबहिल- बौद्ध- जोरपाटी- दक्षिणढोका रुटमा संचालनमा ल्याएको हो।  

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पाटनढोकामा आयोजित औपचारिक कार्यक्रममा रिबन काटेर नयाँ रुट शुरु गरे।  ६ महिनाअघि चीनबाट खरिद गरेर ल्याइएका ३७ विद्युतीय बसमध्ये ३ वटा संचालनमा ल्याइएको साझाले जनाएको छ।

केही दिनअघि उक्त बसहरुको प्राविधिक रुपमा ठीक रहेको भन्दै समितिले चलाउन स्वीकृति दिएको थियो। यसका लागि साझाले दर्ता प्रक्रिया सुरु गरेको छ। दर्ता प्रक्रिया पुरा हुनेबितिकै ती थप बसहरु संचालनमा आउने बताइएको छ। अहिले साझाका ३ वटा विद्युतीय बसहरु एयरपोर्टको रुटमा संचालनमा छन्।

सोमबार थपेकासहित अब उपत्यकामा साझाले चलाएका विद्युतीय बसको संख्या ६ पुगेको छ। विभिन्न रुटहरु पहिचान गरी अन्य बसहरु पनि छिट्टै संचालनमा ल्याउने साझाले तयारी भइरहेको जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell