PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

  • सामान्य सवारीमै कुमारी घर पुगे राष्ट्रपति पौडेल, पैदलयात्रीलाई पनि थिएन रोकतोक

    सामान्य सवारीमै कुमारी घर पुगे राष्ट्रपति पौडेल, पैदलयात्रीलाई पनि थिएन रोकतोक

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमै कुमारी घर पुगेका छन्। राष्ट्रपति पौडेल कुमारी घर पुग्दा कुनै सवारीलाई रोकतोक थिएन। कुमारी घरभित्र प्रवेश गर्नुअघि पनि पैदलयात्री र सर्वसाधारणको सवारीलाई आउजाउमा रोक लगाइएको थिएन। दिउँसो ४ बजे अघिपछि एक एकवटा गाडीसहित पौडेल कुमारी घर आइपुगे। कारगेटमा सुरक्षाकर्मीले प्रयोग गर्ने मोटरबाइकसमेत प्रयोग नगरी पौडेल बसन्तपुरस्थित कुमारी घर पुगेका हुन्। पौडेल कुमारी पूजा गरी…

    विस्तृतमा पढ्नुस्

  • नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवालगायतको बधाई

    नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवालगायतको बधाई

    काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन्। उपराष्ट्रपतिमा निर्वाचित हुनसाथ यादवलाई निर्वाचन आयोगले प्रमाणपत्र गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन्। यादवलाई कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेताहरुलेसमेत बधाई दिएका थिए। जनता समाजवादी पार्टीका नेता यादव शुक्रवार ३० हजार ३२८ मतभार पाउँदै नेपालको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन्। राष्ट्रपतिका प्रतिस्पर्धी एमालेकी अष्टलक्ष्मी…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

    उपराष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

    काठमाडौं : उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत शुक्रवार भएको मतदानको मतगणना सुरु भएको छ। संसद् भवनको शंकर हलमा मतगणना सुरु भएको हो। उपराष्ट्रपतिको निर्वाचनमा संघका ३११ र प्रदेशका ५१८ जनाले मतदान गरेका छन्। संघमा कुल मतदाता ३३२ र प्रदेशमा ५५० रहेकोमा तोकिएको समयमा जम्मा ८२९ जनाले मात्र मतदान गरेका हुन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएकोमा ३ बजे मतदान…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपतिको मतदानमा किरियापुत्री सांसद बराल, 'शोकमा छु, तर जिम्मेवारी पूरा गर्न आएँ'

    उपराष्ट्रपतिको मतदानमा किरियापुत्री सांसद बराल, 'शोकमा छु, तर जिम्मेवारी पूरा गर्न आएँ'

    काठमाडौं : उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत हाल मतदान जारी छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो। मतदानका लागि मतदाता बिहान ९ बजेदेखि नै मतदान केन्द्रको लाइनमा थिए। सोही लाइनमा थिए एक किरियापुत्री पनि। उनी थिए गण्डकी प्रदेशका सांसद प्रकाश बराल। पोखरा महानगरपालिका वडा नम्बर २२ घर भएका सांसद बरालका बुवा लोकराज बरालको गत फागुन २६ गते…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति निर्वाचन : मतदान गर्न बानेश्वर पुग्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरु

    उपराष्ट्रपति निर्वाचन : मतदान गर्न बानेश्वर पुग्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरु

    काठमाडौं : संघीय संसद भवनमा अहिले उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ। आज बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ। निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। जसपाबाटै जसपाकी प्रमिला यादवले पनि उपराष्ट्रपति पदको उम्मेदवारी दिएकी थिइन्। उनले रामसहायलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिने…

    विस्तृतमा पढ्नुस्

  • ऐतिहासिक जितको साक्षी : ड्रोनबाट यस्तो देखियो हजारौं दर्शकको साथ पाएको क्रिकेट मैदान

    ऐतिहासिक जितको साक्षी : ड्रोनबाट यस्तो देखियो हजारौं दर्शकको साथ पाएको क्रिकेट मैदान

    काठमाडौं : नेपाली क्रिकेट टोलीले आज ऐतिहासिक सफलता हासिल गर्‍यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विश्वकप लिग २ अन्तर्गतको अन्तिम एकदिवसिय खेलमा युएईलाई पराजित गर्दै नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा आफ्नो नाम पक्का पार्‍यो। ३११ रनको लक्ष्य दिएको युएईलाई डिएलएस मेथडबाट ९ रनले पराजित गर्दै नेपालले जिम्बावेको टिकट पक्का गरेको हो। आज नेपाली खेलाडीले जति खेल कुशलता मैदानमा प्रदर्शन गरे खेलाडीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्य भेटाउन क्रिजमा खेलाडी संघर्षरत्, मैदान बाहिरबाट मनोबल बढाउँदै समर्थक

    लक्ष्य भेटाउन क्रिजमा खेलाडी संघर्षरत्, मैदान बाहिरबाट मनोबल बढाउँदै समर्थक

    काठमाडौं : नेपाल अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा संघर्षरत् छ। क्रिकेट विश्वकप लिग २ को शीर्ष ३ मा रहेर विश्वकप छनोटमा पुग्न नेपाली क्रिकेटरहरु अहिले क्रिजमा खटिएका छन्। जारी खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ।  टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको होअहिले नेपाली क्रिकेटर लक्ष्य भेटाउन क्रिजमा छन्। आजको…

    विस्तृतमा पढ्नुस्

  • रसायनिक मलमा मूल्यवृद्धिको विरोधमा राप्रपा, माइतीघरमा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

    रसायनिक मलमा मूल्यवृद्धिको विरोधमा राप्रपा, माइतीघरमा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

    काठमाडौं : सरकारले कृषि क्षेत्रलाई वेवास्ता गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन प्रजातान्त्रिक किसान संगठनले आज विरोध प्रदर्शन गरेको छ। राप्रपाले सरकारले रासयनिक मलको मूल्य बढाएको भन्दै राजधानीमा प्रदर्शन गरेको हो। माइतीघरमा भेला भएर उनीहरुले सरकारलाई मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए। उनीहरुले कृषि मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा समेत मागेका थिए। सरकारले केही दिन अघि रासायनिक मलको खरिदमा…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा उद्योगीको नारा : बैंक हामीलाई प्यारो छ, तर ब्याज वृद्धिले गाह्रो भो

    माइतीघरमा उद्योगीको नारा : बैंक हामीलाई प्यारो छ, तर ब्याज वृद्धिले गाह्रो भो

    काठमाडौं : उद्योगी एवम् व्यवसायीहरुले विभिन्न माग राखेर आज विरोध प्रदर्शन गरेका छन्। राजधानीमा भएको प्रदर्शनमा उनीहरुले बैंक तथा वित्तिय समस्या समाधानको माग गरेका थिए। उनीहरुले एकल अंकको ब्याजदर कायम हुनुपर्ने, आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरि व्यवहारिक निर्देशिका बनाइनुपर्ने लगायतका माग राखेर विरोध कार्यक्रम गरेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा नवनिर्वाचित राष्ट्रपति पौडेलको विशेष पूजा : लाखबत्ती बालेर हिँडे सुन्दरीजल

    पशुपतिमा नवनिर्वाचित राष्ट्रपति पौडेलको विशेष पूजा : लाखबत्ती बालेर हिँडे सुन्दरीजल

    काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिर पुगेर पूजा गरेका छन्। आज बहान पशुपतिनाथ मन्दिर पुगेर उनले विशेष पूजाका साथै लाख बत्ती बालेका थिए। पशुपतिनाथ मन्दिर परिसरमा उनले करिब साढे एक घण्टा बिताएका थिए। पौडेल परिवारसहित पशुपति पुगेका थिए। पशुपतिनाथ मन्दिरमा पूजा सकाएर उनी सुन्दरीजल गएका छन्। सुन्दरीजल पुगेर उनले वीपी संग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ।

    विस्तृतमा पढ्नुस्

  • दही सगुन लिएर निस्किएका रामचन्द्र दुबोको मालामा बोहोराटारमा इन्ट्री, १४ घण्टाका १४ क्लिक

    दही सगुन लिएर निस्किएका रामचन्द्र दुबोको मालामा बोहोराटारमा इन्ट्री, १४ घण्टाका १४ क्लिक

    काठमाडौं : बिहीवार बिहानैबाट बोहोराटारस्थित रामचन्द्र पौडेलको निवासमा घुँइचो लागेको थियो। शुभेच्छुक, नेता कार्यकर्ता शुभकामना दिन पुगेका थिए। राष्ट्रपतिको उम्मेदवार रहेका पौडेल ८ बजेतिर खाना खाइवरी निर्वाचनतिर जान तयारी गर्दै थिए। पौडेलको पछिल्लो लय हेर्ने हो भने उनी कुनै कुरा हतारमा गर्दैनन्। कडा प्रश्न सोध्दा पनि मुसुक्क हाँसेरमात्र जवाफ फर्काउने उनको बानी देखिन्छ। बिहीवार बिहान पनि उनी खासै हतारमा देखिएनन्।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र पाएपछि परिवारसँग रामचन्द्रले साटे खुसी, देउवा र प्रचण्डसँग अकंमाल

    राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र पाएपछि परिवारसँग रामचन्द्रले साटे खुसी, देउवा र प्रचण्डसँग अकंमाल

    काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। संघीय संसद भवनमा पौडेललाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो। सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गठबन्धन दलका नेता र सांसदहरु उपस्थित थिए। आज भएको राष्ट्रपतिय निर्वाचनमा पौडेलले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका हुन्। त्यसपछि भएको समारोहमा पौडेलका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको उम्मेदवारसँग सांसदहरुको सेल्फी

    राष्ट्रपतिको उम्मेदवारसँग सांसदहरुको सेल्फी

    काठमाडौं : नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रपति चयनका लागि मतदान जारी छ। ल्होत्से हलमा मतदान चल्दै गर्दा भवन प्रँगाणमा भने सांसदहरु राष्ट्रपतिका उम्मेदवारसँग सेल्फी खिच्नेदेखि फोटो खिचाउन व्यस्त छन्। राष्ट्रपतिमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन्। दुबै उम्मेदवारसँग नेताहरु फोटो सुटदेखि शुभकामना आदानप्रदानमा सांसदहरु व्यस्त देखिन्छन्। राष्ट्रपति को हुने? यसको छिनोफानो ७ बजेसम्ममा हुने बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • बानेश्वर निस्कनुअघि बोहोराटारस्थित पौडेल निवासमा जे देखियो ...

    बानेश्वर निस्कनुअघि बोहोराटारस्थित पौडेल निवासमा जे देखियो ...

    काठमाडौं : आज राष्ट्रपतिको निर्वाचन। मतदान शुरु भइसकेको छ। मतदान शुरु हुनुअघि नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा भिड लागेको थियो। राष्ट्रपति निर्वाचनको भिडन्तमा निस्कनुअघि पौडेल निवासमा बिहानैबाट शुभेच्छुकको भिड लागेको हो। पौडेल आफूलाई शुभकामना दिन आइपुगेका नेताकार्यकर्तालाई हाइहेल्लो गर्न भ्याइनभ्याई थियो। श्रीमती सविता पौडेलको हातबाट टीका लगाएपछि छोरी अवज्ञा पौडेलको हातबाट दही खाएर पौडेल बोहोराटारबाट बानेश्वर निस्किएका हुन्।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति निर्वाचन : पहिलो मत खसाले रामचन्द्र पौडेलले

    राष्ट्रपति निर्वाचन : पहिलो मत खसाले रामचन्द्र पौडेलले

    काठमाडौं : राष्ट्रपतिको निर्वाचनको मतदान शुरु भएको छ। मतदान नयाँ बानेश्वरको ल्होत्से भवनमा शुरु भएको हो। कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रहेका रामचन्द्र पौडेलले पहिलो मत खसालेका छन्। राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ प्रतिस्पर्धी छन्। मतदान दिउँसो ३ बजेसम्म चल्ने र ७ बजेसम्ममा परिणाम आइसक्ने बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • को बन्ला राष्ट्रपति? निर्वाचनका लागि संघीय संसद भवनमा तयारी पूरा

    को बन्ला राष्ट्रपति? निर्वाचनका लागि संघीय संसद भवनमा तयारी पूरा

    काठमाडौं : बिहीवार राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। राष्ट्रपतिका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबिच प्रतिस्पर्धा हुँदैछ। भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मतदान केन्द्र बनाइएको छ। राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरु मतदाता रहने व्यवस्था छन्।…

    विस्तृतमा पढ्नुस्

  • महिला दिवसमा माइतीघरमा नारा : मलाई विभेद स्वीकार छैन

    महिला दिवसमा माइतीघरमा नारा : मलाई विभेद स्वीकार छैन

    काठमाडौं : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज राजधानीमा र्‍याली निकालिएको छ। संयुक्त महिला संघ संघर्ष समितिले माइतीघरमा आयोजना गरेको कार्यक्रममा गीत, नृत्य, कविता र नाटकसमेत प्रदर्शन गरिएको थियो। माइतीघरबाट सुरु भएको र्‍याली बानेश्वरसम्म पुगेको थियो। त्यसक्रममा र्‍यालीमा सहभागी भएकाहरुले महिला अधिकारको मुद्दाका विषयमा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • गोकर्णमा दौड : एसियन क्र‍स कन्ट्रीमा नेपालले जित्यो दुई स्वर्णसहित ७ पदक

    गोकर्णमा दौड : एसियन क्र‍स कन्ट्रीमा नेपालले जित्यो दुई स्वर्णसहित ७ पदक

    काठमाडौं : काठमाडौंको गोकर्णमा आयोजित १६औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा नेपालले दुई स्वर्णसहित सातवटा पदक जितेको छ। एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स सङ्घको आयोजनामा आज गोकर्ण रिसोर्टमा प्रतियोगिता आयोजना गरेको हो। सो कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। नेपालका लागि १० किलोमिटर दौडमा दिपक अधिकारीले स्वर्ण जिते। यस्तै, सिनियर पुरुष टिम इभेन्टमा पनि नेपाली पुरुष टिमले स्वर्ण…

    विस्तृतमा पढ्नुस्

  • ह्वीलचेयरमा होली, अबिर दलेर खुसी साटासाट

    ह्वीलचेयरमा होली, अबिर दलेर खुसी साटासाट

    काठमाडौं : आज फागु पूर्णिमा। बिहानैदेखि देशभर मानिसहरु होली खेलिरहेका छन्। जोरपाटीस्थित बोद्धिसत्व इन एक्सन (बीआइए) इन्स्टिच्युटमा फरक क्षमता भएका व्यक्तिहरुले पनि होली मनाएका छन्। ह्वीलचेयर प्रयोग गरेर हिँड्डुल गर्न सक्ने व्यक्तिहरुले एकअर्कालाई अबिर दलेर होली खेलेका हुन्। एकअर्कालाई फागुको शुभकामना आदान प्रदान गर्दै उनीहरुले खुसीयाली साटासाट गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • वसन्तपुरमा होलीको उल्लास, अबिर लगाउँदै नृत्यमा झुमे बालबालिकादेखि पर्यटकसम्म

    वसन्तपुरमा होलीको उल्लास, अबिर लगाउँदै नृत्यमा झुमे बालबालिकादेखि पर्यटकसम्म

    काठमाडौं : आज फागु पूर्णिमा। होली पर्वका अवसरमा काठमाडौंमा आज विविध कार्यक्रम भइरहेको छ। वसन्तपुरमा पनि हर्षौल्लासपूर्वक  होली मनाइँदैछ। वसन्तपुर क्षेत्रमा टोल टोलमा युवा युवती बालबालिका समूह बनाएर होली खेलिरहेका छन्।  वसन्तपुर डबलीमा पर्यटकदेखि युवायुवती अहिले होली मनाइरहेका छन्।  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell