PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

लक्ष्य भेटाउन क्रिजमा खेलाडी संघर्षरत्, मैदान बाहिरबाट मनोबल बढाउँदै समर्थक

लक्ष्य भेटाउन क्रिजमा खेलाडी संघर्षरत्, मैदान बाहिरबाट मनोबल बढाउँदै समर्थक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा संघर्षरत् छ। क्रिकेट विश्वकप लिग २ को शीर्ष ३ मा रहेर विश्वकप छनोटमा पुग्न नेपाली क्रिकेटरहरु अहिले क्रिजमा खटिएका छन्।

जारी खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य प्रस्तुत गरेको छ।  टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको होअहिले नेपाली क्रिकेटर लक्ष्य भेटाउन क्रिजमा छन्।

आजको खेल नेपाललाई जित्नै पर्ने दबाब छ। आजको खेल जितेको खण्डमा नेपाली टोली लिग २ को शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा पुग्नेछ।

त्यसैले पनि कीर्तिपुरस्थित टियु मैदानमा आज क्रिकेट समर्थकको भिड छ। मैदान बाहिर बसेर समर्थकहरु नेपाली खेलाडीको मनोबल बढाउँदैछन्। खेलाडीको हरेक रनमा उनीहरु हुटिङ गरिरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell