PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

रसायनिक मलमा मूल्यवृद्धिको विरोधमा राप्रपा, माइतीघरमा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

रसायनिक मलमा मूल्यवृद्धिको विरोधमा राप्रपा, माइतीघरमा प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सरकारले कृषि क्षेत्रलाई वेवास्ता गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन प्रजातान्त्रिक किसान संगठनले आज विरोध प्रदर्शन गरेको छ।

राप्रपाले सरकारले रासयनिक मलको मूल्य बढाएको भन्दै राजधानीमा प्रदर्शन गरेको हो।

माइतीघरमा भेला भएर उनीहरुले सरकारलाई मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए। उनीहरुले कृषि मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा समेत मागेका थिए।

सरकारले केही दिन अघि रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको थियो। रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको कृषि मन्त्रालयले जनाएको थियो।

जसअनुसार साबिकभन्दा युरिया प्रतिकिलो ११ रुपैयाँ, डिएपी प्रतिकिलो ७ रुपैयाँ र पोटास प्रतिकिलो ९ रुपैयाँ महँगो भएको थियो। रसायनिक मलको अभाव भइरहँदा मलकै मूल्य बढाएको भन्दै सरकारको आलोचना भइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell