PahiloPost

Oct 29, 2025 | १३ कात्तिक २०८२

सामान्य सवारीमै कुमारी घर पुगे राष्ट्रपति पौडेल, पैदलयात्रीलाई पनि थिएन रोकतोक

सामान्य सवारीमै कुमारी घर पुगे राष्ट्रपति पौडेल, पैदलयात्रीलाई पनि थिएन रोकतोक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमै कुमारी घर पुगेका छन्। राष्ट्रपति पौडेल कुमारी घर पुग्दा कुनै सवारीलाई रोकतोक थिएन।

कुमारी घरभित्र प्रवेश गर्नुअघि पनि पैदलयात्री र सर्वसाधारणको सवारीलाई आउजाउमा रोक लगाइएको थिएन। दिउँसो ४ बजे अघिपछि एक एकवटा गाडीसहित पौडेल कुमारी घर आइपुगे। कारगेटमा सुरक्षाकर्मीले प्रयोग गर्ने मोटरबाइकसमेत प्रयोग नगरी पौडेल बसन्तपुरस्थित कुमारी घर पुगेका हुन्।

पौडेल कुमारी पूजा गरी आधाघण्टामै शितल निवास फर्केका छन्। आज बिहान राष्ट्रपति पौडेललाई कुमारी घरको तर्फबाट पूजाको प्रसाद पुर्‍याइएको थियो।

राष्ट्रपतिको सवारीमा जाम बढ्ने र सर्वसाधारणलाई दु:ख पाएको भन्दै यसअघि आलोचना बढेको थियो। यस्तो दु:ख दिने काम आफूबाट नहुने वाचा राष्ट्रपतिमा निर्वाचित हुनसाथ पौडेलले व्यक्त गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell