PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ऐतिहासिक जितको साक्षी : ड्रोनबाट यस्तो देखियो हजारौं दर्शकको साथ पाएको क्रिकेट मैदान

ऐतिहासिक जितको साक्षी : ड्रोनबाट यस्तो देखियो हजारौं दर्शकको साथ पाएको क्रिकेट मैदान

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली क्रिकेट टोलीले आज ऐतिहासिक सफलता हासिल गर्‍यो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विश्वकप लिग २ अन्तर्गतको अन्तिम एकदिवसिय खेलमा युएईलाई पराजित गर्दै नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा आफ्नो नाम पक्का पार्‍यो।

३११ रनको लक्ष्य दिएको युएईलाई डिएलएस मेथडबाट ९ रनले पराजित गर्दै नेपालले जिम्बावेको टिकट पक्का गरेको हो।

आज नेपाली खेलाडीले जति खेल कुशलता मैदानमा प्रदर्शन गरे खेलाडीहरुलाई त्यति नै साथ दिए समर्थकले। बिहान साढे ९ बजेदेखि खेल सकिँदासम्म (साढे ५ बजे) सम्म कीर्तिपुर मैदान दर्शकले भरिएको थियो। खेल हेर्न आतुर समर्थकहरु बिहानै कीर्तिपुर पुगेका थिए। कहिले नेपालको झण्डा फहराएर होस् या कहिले हरेक चौका र छक्कामा हुटिङ गरेर समर्थकहरुले खेलाडीको मनोबल बढाउन छाडेनन्।

अन्तिममा १२ एकदिवसिय खेलमध्ये ११ खेलमा जित निकाल्दै नेपाल विश्वकप खेल्ने अर्को खुड्किलामा प्रवेश गरेको छ। त्यही ऐतिहासिक क्षणको साक्षी बन्दा ड्रोनबाट खिचिएको कीर्तिपुरको क्रिकेट मैदानको तस्विरहरु :



ट्रेन्डिङ पोस्ट

Ncell