PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उपराष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना



प्रवीण रानाभाट

उपराष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

काठमाडौं : उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत शुक्रवार भएको मतदानको मतगणना सुरु भएको छ। संसद् भवनको शंकर हलमा मतगणना सुरु भएको हो।

उपराष्ट्रपतिको निर्वाचनमा संघका ३११ र प्रदेशका ५१८ जनाले मतदान गरेका छन्। संघमा कुल मतदाता ३३२ र प्रदेशमा ५५० रहेकोमा तोकिएको समयमा जम्मा ८२९ जनाले मात्र मतदान गरेका हुन्।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएकोमा ३ बजे मतदान सम्पन्न भएको हो।

उपराष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। जसपाबाटै जसपाकी प्रमिला यादवले पनि उपराष्ट्रपति पदको उम्मेदवारी दिएकी थिइन्। उनले रामसहायलाई सहयोग गर्ने भन्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell