काठमाडौं : गायक रोबिन तामाङको आज अन्त्येष्टी गरिँदैछ। ६० वर्षीय रोबिनको मंगलवार साँझ काठमाडौंस्थित बुढानिलकण्ठमा उनकै निवासमा निधन भएको थियो। अन्त्येष्टीअघि श्रद्धाञ्जली दिन नक्सालस्थित संगीत तथा नाट्य एकेडेमी नक्सालमा उनको शव राखिएको थियो। सरकारको तर्फबाट संचार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किराँतीले तामाङको शवमा राष्ट्रिय झण्डा ओडाएका थिए। श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका नेता गगन थापा पनि मन्त्रीहरुसँग नक्साल पुगेका थिए।…
भौतिक सुविधाको प्रतिस्पर्धी संसार। अनि त्यही चर्को होडबाजी – एकपछि अर्को विलाशिता पाउनका लागि। प्रतिस्पर्धाकै कोलाहलपूर्ण भिड। त्यही भिडबाट उम्केर जहाँ पुगिरहेको छु ठीक उल्टो छ दृश्य। मैले बुझेको ‘लग्जरी’ यहाँ लापता छ। सुविधाका शब्द पनि सुनिन्न। अनि सुख? त्यो चाहिँ उनीहरुले मानिरहेकै देखियो। रमाइरहेकै छन्। हाँसिरहेका छन्। निसंकोच मुस्कान छरिरहेकै छन्। हाम्रो भ्रमपूर्ण सोचको विपरीत। एक्काइसौं शताब्दी यतिखेर आर्टिफिसियल इन्टेलिजेन्सको…
काठमाडौं : मुलपानी क्रिकेट मैदानमा स्थानीयले ताला लगाएका छन्। क्रिकेट मैदानको नामकरणमा असन्तुष्टि जनाउँदै स्थानीयले ताला लगाएका हुन। नामकरण गर्दा स्थानीय सरकारसँग छलफल नगरिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। स्थानीयले आइतवारदेखि मैदानमा तालाबन्दी गरेका हुन्। नेपाल क्रिकेट संघ (क्यान)को असार १५ गते बसेको बैठकले मुलपानी मैदानको नाम संघका पूर्व अध्यक्ष रहेका स्वर्गीय जयकुमार नाथ शाहको नाममा राख्ने निर्णय गरेको…
खुल्लामञ्चमा बनेको टहरोबाट एक्कासी बाक्लो धुँवा निस्कियो। मानिसहरुको ध्यान त्यतैतिर मोडियो। अनि हेर्दाहेर्दै टहरोमा ह्वारह्वार्ती आगो बल्न थाल्यो। ‘ए! आगलागी भएछ।’ मानिसहरु टहरो भएतिर दौडिन थाले। केही आगो निभाउन पानीको व्यवस्था गर्न थाले भने केही टहरोतिर हेर्दै विलौना गर्न थाले। कोही भने दमकल र एम्बुलेन्स बोलाउन फोन गर्नतिर लागे। एकैछिनमा दमकल पनि आइपुग्यो। दमकल आइपुग्दासम्म टहरोको धेरै भाग जलेर ध्वस्त…
काठमाडौं : ललिता निवास प्रकरणमा हडपिएको सार्वजनिक जग्गा घेरबार गर्न काठमाडौं महानगरपालिका लागेको छ। महानगरपालिका वडा नम्बर ४ बालुवाटारमा रहेका सरकारी जग्गा घेराबन्दी गर्न काठमाडौं महानगरपालिकाको प्रहरी टोली पुगेको हो। महानगरका प्रहरी प्रमुख एसपी राजु पाण्डेको नेतृत्वमा एक सय जना भन्दाबढी प्रहरीको टोली बालुवाटार क्षेत्रमा पुगेको हो। 'माथिको आदेश' अनुसार बनेका संरचनाबाट स्टोर हटाउन समेत निर्देशन दिइएको छ। बाँकी बनेका संरचना अर्को निर्णय आएपछि हटाउन एसपी…
आज असार १५। धान दिवसको अवसरमा नुवाकोटको बाहुनेबेसीमा रोपाइँको बेग्लै रौनक थियो। रोपाइँका लागि खेत चिटिक्क तयार पारिएको थियो। गराहरु हिलाम्मे बनाउन पानीको मात्र मिलाइएको, मेलो मिलाउन हलका हल गोरु लिएर हलीहरु ११ बजे नै आइपुगे। रोपहार र बाउसेहरु पनि समयमै खेतमा आइपुगे। रोपाइँ मेला हेर्न काठमाडौंदेखि रौसेहरु पनि पुगेका थिए। काठमाडौंबाट करिब ५५ किलोमिटर टाढा रहेको बाहुनबेसीमा पर्यटन प्रवर्द्धनका लागि गरिएको…
आज इश्लाम धर्मावलम्बीहरुको दोस्रो महान पर्व इद अल अदा अर्थात् बकर इद हो। आज यस पर्व मनाउन मुस्लिम समुदायका मानिसहरु मस्जिद पुगेर नमाज पढ्छन्। काठमाडौंको घण्टाघरमा रहेको कास्मिरी तकिया जामे मस्जिदमा पर्वको विशेष रौनक देखियो। बिहान ८ बजेदेखि नमाज पढ्ने र एकअर्का अंकमाल गर्दै शुभकामना आदानप्रदान गरेका दृश्य दखिन्थ्यो।
काठमाडौं : आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरि मनाउने गरिन्छ। यसै दिवसको अवसर पारेर आज महाराजगञ्जस्थित नेपाल पुलिस एकाडेमीमा पनि योश शिविर आयोजना गरिएको छ। योग शिविरमा नेपाल प्रहरीका अधिकृत र जवानहरुको उपस्थिति थियो।
काठमाडौं : हरेक वर्षको असार शुक्ल द्वितीयाको दिन भारत, थाइल्यान्ड, म्यानमारलगायत विश्वका धेरै ठाउँमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ। नेपालमा पनि आज जगन्नाथको रथयात्रा आयोजना गरिएको छ। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले यो रथयात्रा आयोजना गरेको हो। कमलादीबाट सुरु भएको जगन्नाथको रथरात्रा पुतलीसडक, रत्नपार्क, शहीदगेट, न्यूरोड हुँदै कमलादी नै पुगेर टुंगिएको थियो। रथयात्रासँगै भजनकीर्तन, साँस्कृतिक झाँकी तथा नृत्य आयोजना…
काठमाडौं : जिल्ला अदालत काठमाडौं परिसरभित्रै प्रदर्शनमा उत्रिएपछि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपप्राध्यापक चलाउनेसहित उनका समर्थकहरुलाई प्रहरीले अदालतपरिसरबाट पक्राउ गरेको हो। आफूलाई आक्रमण गर्ने नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनी प्रदर्शनमा उत्रिएका हुन्। उनले आमरण अनशन सुरु गर्ने पनि घोषणा गरेका छन्। २०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय…
तोप चरासँग अरु चराभन्दा फरक विशेषता छ। भँगेरा वर्गमा पर्ने यो चरालाई चराहरूको ‘इन्जिनियर’ पनि भनेर चिनिन्छ। कलात्मक ढंगले बनाउने यसको गुँडका कारण यसलाई इन्जिनियर चरा भनिने हो। रुखका टुप्पातिर झुन्डिएर रहेको यसको गुँडमा बचेरालाई सुरक्षित राख्न यसले धेरै नै मेहनत गरेको हुन्छ। तोप चराको गुँड सजिलै झुन्डिएको देखिए पनि झर्न चाहिँ झर्दैन। हेर्नुस् तोपचराका दृश्य :
काठमाडौं : नेपालस्थित अमेरिकी दूतावासको आयोजनामा राजधानीमा ‘क्रिएटर्स मेला’ आयोजना भइरहेको छ। ठमेलस्थित अलफ्ट होटेलमा आजबाट सुरु भएको मेला भोलि समापन हुनेछ। ‘इम्पावर, इनोभेट, इन्सपायर’ नाराका साथ नेपालका केही सर्वाधिक प्रवर्तनशील डिजिटल मिडिया उत्पादकहरू, सामाजिक सञ्जाल प्रभावकर्ताहरूका लागि यो दुई दिने मेला आयोजना गरिएको हो। यो मेलामा १७ वटा लेक्चर र अन्तरक्रियात्मक सत्रहरूका साथै विक्रेताका प्रदर्शनीहरू समावेश हुनेछन् भने यस…
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा पठाउने आदेश पाएका १६ जनालाई आजै कारागार पठाइएको छ। उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो। शुक्रवार मुद्दाको थुनछेक बहस सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले १६ जनालाई पुर्पक्षामा राख्न आदेश सुनाएका हुन्। पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही घटनामा मुछिएर निलम्वनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा…
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस सकिएको छ। सो मुद्दामा अबको केही समयमा नै अदालतले आदेश दिने तयारी गरिरहेको छ। त्यसकारण पनि काठमाडौं जिल्ला अदालतअगाडि मानिसको उपस्थिति बाक्लोछ। बिहानैदेखि अदालतको सुरक्षा व्यवस्था कडा पारिएको छ। अदालत परिसरमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ। सुरक्षाकर्मीहरु अदालतको मुल गेटमा डोरीको घेरा बनाएरै बसेका छन्। पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,…
काठमाडौं : देशकै प्रशासनिक केन्द्र सिंहदरबार। हरेक दिन सयौं नागरिक आफ्ना समस्या बोकेर मन्त्रालय धाउँछन्। एउटा कोठादेखि अर्को, एउटा मन्त्रालयबाट अर्को। यसरी दिनभर सरकारी कार्यालय चहार्दै गर्दा कतिपय समय कार्यकक्ष खाली हुन्छ। जसकारण सेवाग्राही प्रभावित हुने गरेका छन्। कर्मचारीहरु कुनै खबर बिना लामो समय सिंहदरबारबाट बाहिर निस्कने गुनासो आए पछि राष्ट्रिय सतर्कता केन्द्र 'एक्सन'मा आएको छ। हिजोदेखि सिंहदरबारका सबै ढोका…
काठमाडौं : नेपाल विद्यार्थी संघले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रदर्शन गरेका छन्। नेविसंघमा आवद्ध त्रिचन्द्र क्याम्पस लगायत उपत्यकाका विभिन्न क्याम्पसका विद्यार्थी प्रदर्शनमा सहभागी थिए। उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका विभिन्न शिक्षा सम्बन्धी ऐनहरु संसदमा नलगिएको र शिक्षा क्षेत्रको लागि नीतिगत निर्णय गर्न नसकिएको उनीहरुको आरोप थियो। उनीहरुले रोकिएका ऐनहरु सदनमा पेस गर्न माग गरेका थिए। उनीहरुले…
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता/कार्यकर्ताहरुले जिल्ला अदालत काठमाडौं अगाडि विरोध प्रदर्शन गरेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस चलिरहँदा उनीहरुले अदालत अगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरुले ‘देशद्रोहीहरुको पक्षमा वकालत गर्ने पाइँदैन’ भन्दै उक्त प्रकरणमा संलग्नहरुका अधिवक्ताविरुद्ध नाराबाजी गरेका थिए। मुद्दा चलिरहँदा त्यसलाई प्रभावित पार्ने गरी प्रदर्शन गर्न नपाइने भन्दै उनीहरुलाई हटाउने…
घुमिरहेको घट्ट र पानीको एकोहोरो आवाज। टिनको छतमुनि व्यस्त छिन् विपना। उडेको पिठोले उनको अनुहारदेखि टाउकाको सप्को पनि ढाकिनै लागेको छ। यो दृश्य कथा बाजुराको हो। बीस वर्षीया विपना थापाको रोजगारी यसैबाट चलेको छ। त्रिवेणी नगरपालिकामा रहेको उनको पानी घट्टले आधा घन्टामा २५ किलो मकै पिस्छ। त्यसैबाट उनको गुजारा चलिरहेको छ। पैसाभन्दा पनि ल्याएको अन्नको हिस्सा ज्यालाका रुपमा आम्दानीको स्रोत हुने विपना…
काठमाडौं : ग्वल: देश अर्थात पशुपति क्षेत्र। भलाअष्टमीका दिन आज पशुपतिको जय वागेश्वरी क्षेत्रमा अन्य स्थानको भन्दा फरक किसिमको जात्रा मनाइयो। आइतवार बेलुकी जय वागेश्वरी भन्दा केही माथि रहेको सत्तलबाट दुई कन्या केटी र एक कुमार केटालाई त्रिशुलमा घोचेर खटमा राखेर नगर परिक्रमा गराइयो। स्थानीय भाषामा यसलाई 'मचाति जात्रा' अर्थात बच्चालाई त्रिशुलले घोचेर गरिने जात्रा भनिन्छ। अहिले भने यस जात्रालाई…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएसँगै सदन एक घण्टाका लागि स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतमा नेपालको भू-भाग समेटिएको अखण्ड भारतको नक्साबारे जवाफ नदिएसम्म आफूहरुले सदन चल्न नदिने लिङ्देनले चेतावनी दिएका थिए। लिङ्देनले चेतावनी दिनसाथ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले उठेर उनलाई साथ दिए। बजेटको छलफलका…