PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अदालत परिसरभित्रै अनशन बस्न खोजेपछि उपप्राध्यापक चलाउने प्रहरी नियन्त्रणमा

अदालत परिसरभित्रै अनशन बस्न खोजेपछि उपप्राध्यापक चलाउने प्रहरी नियन्त्रणमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : जिल्ला अदालत काठमाडौं परिसरभित्रै प्रदर्शनमा उत्रिएपछि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपप्राध्यापक चलाउनेसहित उनका समर्थकहरुलाई प्रहरीले अदालतपरिसरबाट पक्राउ गरेको हो।

आफूलाई आक्रमण गर्ने नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका नेताहरुविरुद्धको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनी प्रदर्शनमा उत्रिएका हुन्। उनले आमरण अनशन सुरु गर्ने पनि घोषणा गरेका छन्।

२०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको अभियोगमा नेविसंघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको थियो। तर महान्यायाधिवक्ता खम्मबहादुर खातीले उनीहरुको मुद्दा फिर्ता हुँदा फरक नपर्ने र कानुनको प्रतिकूल नहुने भनी राय दिएका थिए। उक्त मुद्दा आइतवार बसेको मन्त्रिपरिषद्ले फिर्ता लिने निर्णय गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell