PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

सिंहदरबारमा सर्तकता केन्द्रको 'एक्सन' : कार्यकक्ष खाली हुन थालेपछि ढोकामै कर्मचारीको विवरण संकलन गरिँदै

सिंहदरबारमा सर्तकता केन्द्रको 'एक्सन' : कार्यकक्ष खाली हुन थालेपछि ढोकामै कर्मचारीको विवरण संकलन गरिँदै

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : देशकै प्रशासनिक केन्द्र सिंहदरबार। हरेक दिन सयौं नागरिक आफ्ना समस्या बोकेर मन्त्रालय धाउँछन्। एउटा कोठादेखि अर्को, एउटा मन्त्रालयबाट अर्को। यसरी दिनभर सरकारी कार्यालय चहार्दै गर्दा कतिपय समय कार्यकक्ष खाली हुन्छ। जसकारण सेवाग्राही प्रभावित हुने गरेका छन्।

कर्मचारीहरु कुनै खबर बिना लामो समय सिंहदरबारबाट बाहिर निस्कने गुनासो आए पछि राष्ट्रिय सतर्कता केन्द्र 'एक्सन'मा आएको छ। हिजोदेखि सिंहदरबारका सबै ढोका सतर्कता केन्द्रका कर्मचारी खटिएका छन्। सिंहदरबार बाहिर निस्कन सरकारीको विवरण संकलन गरिरहेका छन्।

केन्द्रले कर्मचरीहरु के कामले बाहिर जान लागेको, फर्किन कति समय लाग्छ लगायतका विवरणहरु टिपोट गरिरहेको छ। सरकारी कर्मचारीहरु सवार मोटरसाइकल, कार रोक्दै सतर्कता केन्द्रका कर्मचारीहरु अहिले विवरण टिपिरहेका देखिन्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell