PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सांसदले शिक्षा क्षेत्रलाई वेवास्ता गरेको भन्दै संसद भवन अघि नेविसंघको प्रदर्शन

सांसदले शिक्षा क्षेत्रलाई वेवास्ता गरेको भन्दै संसद भवन अघि नेविसंघको प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्यार्थी संघले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रदर्शन गरेका छन्। नेविसंघमा आवद्ध त्रिचन्द्र क्याम्पस लगायत उपत्यकाका विभिन्न क्याम्पसका विद्यार्थी प्रदर्शनमा सहभागी थिए।

उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका विभिन्न शिक्षा सम्बन्धी ऐनहरु संसदमा नलगिएको र शिक्षा क्षेत्रको लागि नीतिगत निर्णय गर्न नसकिएको उनीहरुको आरोप थियो। उनीहरुले रोकिएका ऐनहरु सदनमा पेस गर्न माग गरेका थिए।

उनीहरुले शिक्षा जस्तो संवेदनशील र अतिआवश्यक  विषयमा नीति बनाउने ठाउँमा बसेर मस्यौदासमेत संसदमा पेस नगरेको भन्दै विरोध जनाएका थिए।

सांसदले शिक्षा क्षेत्रलाई वेवास्ता गरेको भन्दै उनीहरुले नारा लगाएका थिए। प्रदर्शनमा उत्रिएका सबै विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell