PahiloPost

Oct 18, 2024 | २ कात्तिक २०८१

शरणार्थी प्रकरणमा आदेश आउनै लाग्दा अदालत परिसरको ताजा माहोल

शरणार्थी प्रकरणमा आदेश आउनै लाग्दा अदालत परिसरको ताजा माहोल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस सकिएको छ। सो मुद्दामा अबको केही समयमा नै अदालतले आदेश दिने तयारी गरिरहेको छ।

त्यसकारण पनि काठमाडौं जिल्ला अदालतअगाडि मानिसको उपस्थिति बाक्लोछ। बिहानैदेखि अदालतको सुरक्षा व्यवस्था कडा पारिएको छ।

अदालत परिसरमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ। सुरक्षाकर्मीहरु अदालतको मुल गेटमा डोरीको घेरा बनाएरै बसेका छन्।

पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सोही प्रकरणमा मुछिएर निलम्बनमा परेका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायका पक्षमा कस्तो आदेश आउला भन्ने सबैको चासोको विषय बनेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell