PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध लिङ्देन बुरुक्क, लगत्तै ओली जुरुक्क

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध लिङ्देन बुरुक्क, लगत्तै ओली जुरुक्क

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएसँगै सदन एक घण्टाका लागि स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतमा नेपालको भू-भाग समेटिएको अखण्ड भारतको नक्साबारे जवाफ नदिएसम्म आफूहरुले सदन चल्न नदिने लिङ्देनले चेतावनी दिएका थिए।

लिङ्देनले चेतावनी दिनसाथ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले उठेर उनलाई साथ दिए। बजेटको छलफलका लागि बोलाइएको सदन बैठकमा सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयक प्रमाणीकरणको विरोध जनाएका थिए। त्यसपछि रास्वपाका सन्तोष परियारले नागरिकता विधेयक संसदमा पेश गर्न माग गरे।

सभामुख देवराज घिमिरेले पटकपटक उपयुक्त समयमा प्रधानमन्त्रीले जवाफ दिने बताउँदै सम्झाए पनि सदन अघि नबढेपछि एक घण्टासम्मका लागि स्थगित गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell