PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ललिता निवास प्रकरण : हडपिएको सरकारी जग्गामा घेरबार गर्न महानगर प्रहरीको टोली बालुवाटारमा

ललिता निवास प्रकरण : हडपिएको सरकारी जग्गामा घेरबार गर्न महानगर प्रहरीको टोली बालुवाटारमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : ललिता निवास प्रकरणमा हडपिएको सार्वजनिक जग्गा घेरबार गर्न काठमाडौं महानगरपालिका लागेको छ। महानगरपालिका वडा नम्बर ४ बालुवाटारमा रहेका सरकारी जग्गा घेराबन्दी गर्न काठमाडौं महानगरपालिकाको प्रहरी टोली पुगेको हो।

महानगरका प्रहरी प्रमुख एसपी राजु पाण्डेको नेतृत्वमा एक सय जना भन्दाबढी प्रहरीको टोली बालुवाटार क्षेत्रमा पुगेको हो।

'माथिको आदेश' अनुसार बनेका संरचनाबाट स्टोर हटाउन समेत निर्देशन दिइएको छ। बाँकी बनेका संरचना अर्को निर्णय आएपछि हटाउन एसपी पाण्डेले बताए।

ललिता निवास प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा मंगलबार प्रहरीले ४ जनालाई अदालतबाट म्याद थप गरि अनुसन्धान गरिहरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell