PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

अनि हेर्दाहेर्दै टहरोमा ह्वारह्वार्ती आगो बल्न थाल्यो...

अनि हेर्दाहेर्दै टहरोमा ह्वारह्वार्ती आगो बल्न थाल्यो...

प्रवीण रानाभाट/पहिलोपोस्ट


खुल्लामञ्चमा बनेको टहरोबाट एक्कासी बाक्लो धुँवा निस्कियो। मानिसहरुको ध्यान त्यतैतिर मोडियो। अनि हेर्दाहेर्दै टहरोमा ह्वारह्वार्ती आगो बल्न थाल्यो।

‘ए! आगलागी भएछ।’ मानिसहरु टहरो भएतिर दौडिन थाले। केही आगो निभाउन पानीको व्यवस्था गर्न थाले भने केही टहरोतिर हेर्दै विलौना गर्न थाले। कोही भने दमकल र एम्बुलेन्स बोलाउन फोन गर्नतिर लागे।

एकैछिनमा दमकल पनि आइपुग्यो। दमकल आइपुग्दासम्म टहरोको धेरै भाग जलेर ध्वस्त भइसकेको थियो। अग्नि नियन्त्रकहरुले दमकलको पानी र कार्बन डाइअक्साइडले आगो निभाउन थाले।

त्यति नै बेला उनीहरुले घाइतेहरुको उद्धारहरुको पनि उद्धार गर्न भ्याए। घाइतेहरुलाई प्राथमिक उपचारपछि एम्बुलेन्समा राखेर उपचार गर्न अस्पताल पुर्‍याइयो।

यो हो काठमाडौं महानगरपालिकाले काठमाडौंको खुलामञ्चमा प्रस्तुत गरेको ‘सेफ्टी ड्रिल’को दृश्य। आगलागी जस्तो विपदमा कसरी परिचालित हुने भनेर महानगरले पूर्व तयारी गरेको हो।

विपदमा छिटो काम गर्न सहज होस् भनेर यस्ता पूर्व तयारी गर्ने गरिन्छ। ‘सेफ्टी ड्रिल’मा आगलागीको वास्तविक परिदृश्य देखाइएको थियो। जसमा दमकलदेखि अग्नि नियन्त्रकहरु वास्तविक थिए।



ट्रेन्डिङ पोस्ट

Ncell