PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

रौनक रोपाइँको : गरा हिल्याउन ८ हल गोरु, नुवाकोटको बाहुनेबेसीमा जे देखियो…

रौनक रोपाइँको : गरा हिल्याउन ८ हल गोरु, नुवाकोटको बाहुनेबेसीमा जे देखियो…

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज असार १५। धान दिवसको अवसरमा नुवाकोटको बाहुनेबेसीमा रोपाइँको बेग्लै रौनक थियो।

रोपाइँका लागि खेत चिटिक्क तयार पारिएको थियो। गराहरु हिलाम्मे बनाउन पानीको मात्र मिलाइएको, मेलो मिलाउन हलका हल गोरु लिएर हलीहरु ११ बजे नै आइपुगे। रोपहार र बाउसेहरु पनि समयमै खेतमा आइपुगे।

रोपाइँ मेला हेर्न काठमाडौंदेखि रौसेहरु पनि पुगेका थिए। काठमाडौंबाट करिब ५५ किलोमिटर टाढा रहेको बाहुनबेसीमा पर्यटन प्रवर्द्धनका लागि गरिएको रोपाइँ मेलामा उत्साहपूर्वक सहभागी थिए।

सहभागी र खेतालाहरु धान रोप्नमात्र हैन बेलाबेला हिलो छ्यापाछ्याममासमेत उत्रिँदा माहोल रमाइलो बनेको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell