PahiloPost

Feb 19, 2025 | ७ फागुन २०८१

भजनकीर्तन गर्दै राजधानीमा जगन्नाथ रथयात्रा

भजनकीर्तन गर्दै राजधानीमा जगन्नाथ रथयात्रा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : हरेक वर्षको असार शुक्ल द्वितीयाको दिन भारत, थाइल्यान्ड, म्यानमारलगायत विश्वका धेरै ठाउँमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ। नेपालमा पनि आज जगन्नाथको रथयात्रा आयोजना गरिएको छ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले यो रथयात्रा आयोजना गरेको हो। कमलादीबाट सुरु भएको जगन्नाथको रथरात्रा पुतलीसडक, रत्नपार्क, शहीदगेट, न्यूरोड हुँदै कमलादी नै पुगेर टुंगिएको थियो।

रथयात्रासँगै भजनकीर्तन, साँस्कृतिक झाँकी तथा नृत्य आयोजना गरिएको थियो।

भारतको जगन्नाथ पुरीमा पनि आज विशाल रथयात्रा भएको छ। चार प्रमुख धाममध्ये उत्तरमा बद्रीनाथ, दक्षिणमा द्वारकानाथ, पश्चिममा रामेश्वरम र पूर्वमा जगन्नाथ पुरी पर्छन्। यी चार धामलाई सत्य, द्वापर, त्रेता र कली युगका रुपमा समेत हिन्दु धर्मावलम्बीहरुले मान्ने गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell