PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

अलफ्टमा 'क्रिएटर्स मेला', ब्रान्ड बनाउन चाहनेहरूका बन्न सक्छ मञ्च

अलफ्टमा 'क्रिएटर्स मेला', ब्रान्ड बनाउन चाहनेहरूका बन्न सक्छ मञ्च

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपालस्थित अमेरिकी दूतावासको आयोजनामा राजधानीमा ‘क्रिएटर्स मेला’ आयोजना भइरहेको छ। ठमेलस्थित अलफ्ट होटेलमा आजबाट सुरु भएको मेला भोलि समापन हुनेछ।

‘इम्पावर, इनोभेट, इन्सपायर’ नाराका साथ नेपालका केही सर्वाधिक प्रवर्तनशील डिजिटल मिडिया उत्पादकहरू, सामाजिक सञ्जाल प्रभावकर्ताहरूका लागि यो दुई दिने मेला आयोजना गरिएको हो।

यो मेलामा १७ वटा लेक्चर र अन्तरक्रियात्मक सत्रहरूका साथै विक्रेताका प्रदर्शनीहरू समावेश हुनेछन् भने यस मेलाले सर्जक बन्न चाहनेहरूका लागि पडकास्ट, एनिमेसन र भ्लगहरु लगायतका आकर्षक श्रव्यदृश्य सामग्री कसरी तयार पार्ने र आफ्नै अनलाइन ब्रान्ड कसरी सिर्जना गर्ने भन्ने कुरा सिक्नका लागि एउटा मञ्च प्रदान गर्ने दूतावासले जनाएको छ।

यस्तै, सहभागीहरूले सफल अनलाइन पेसाकर्मका लागि आवश्यक व्यावसायिक तथा प्राविधिक सिपका बारेमा पनि मेलामा सिक्न सक्नेछन्। विशेष सत्रहरू सर्जकहरूले प्रभावकारी जनपैरवीका लागि सामाजिक सञ्जाल प्रयोग गर्नसक्ने तरिकाहरुमाथि र डिजिटल स्पेसहरुमा महिलाको भूमिकामाथि केन्द्रित हुनेछन् जनाइएको छ।

आज संजय सिलवाल गुप्ता, कुन्दन बस्नेत, विविधजंग थापा, श्री गुरुङ, स्वतिना शाक्य, मानस वाग्ल, आरती शिल्पकार र आंचल कुवरले आफ्नो ब्रान्डबारे बताएका थिए। भोलि अनिल केशरी शाह, क्रिस्टिन काओले, अम्बिका अधिकारी, शिल्पा मास्के, अलिशा राई, प्रेस्का उदास र रेशमा घिमिरेले आफ्नो अनुभव सुनाउनेछन्। यस्तै, फाइनानसियल लिटिरेसी फर डिजिटल कन्टेन्ट क्रिएटरबारे छलफल समेत हुनेछ।

यस्तै, शनिवार दिउँसो ३: ४५ बजे स्कन्द गौतम र संजोग राईले आफ्नो फोटोग्राफी करियरबारे कुरा राख्नेछन्। ब्रान्ड बनाउन सोसल मिडियाको प्रयोग कसरी गर्ने भनेर मानषी अग्रवालले क्लास दिनेछिन्।



ट्रेन्डिङ पोस्ट

Ncell