PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

मुलपानी क्रिकेट मैदानमा स्थानीयले किन लगाए ताला?



प्रवीण रानाभाट

मुलपानी क्रिकेट मैदानमा स्थानीयले किन लगाए ताला?

काठमाडौं : मुलपानी क्रिकेट मैदानमा स्थानीयले ताला लगाएका छन्। क्रिकेट मैदानको नामकरणमा असन्तुष्टि जनाउँदै स्थानीयले ताला लगाएका हुन।

नामकरण गर्दा स्थानीय सरकारसँग छलफल नगरिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। स्थानीयले आइतवारदेखि मैदानमा तालाबन्दी गरेका हुन्।

नेपाल क्रिकेट संघ (क्यान)को असार १५ गते बसेको बैठकले मुलपानी मैदानको नाम संघका पूर्व अध्यक्ष रहेका स्वर्गीय जयकुमार नाथ शाहको नाममा राख्ने निर्णय गरेको थियो। स्थानीय सरकार र बासिन्दाले विरोध जनाएपछि क्यान नाम परिवर्तन गर्ने निर्णयबाट आइतवार नै पछि हटिसकेको छ। 

मुलपानीको माथिल्लो मैदान क्यान मातहत रहेको छ। उक्त मैदानमा राष्ट्रिय प्रतियोगिताहरु हुने गरेकोमा केही महिनाअघि नेपालमा सम्पन्न एसीसी प्रिमियर कपबाट एकदिवसीय मान्यताप्राप्त खेल पनि खेलाइएको थियो।

यो मैदानमा ओमन र यूएईबिचको एकदिवसीय मान्यताप्राप्त खेल पनि भएको थियो। यसअघिसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा मात्र एकदिवसीय मान्यता प्राप्त खेलहरु हुँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell