PahiloPost

Mar 10, 2026 | २६ फागुन २०८२

गोकर्णमा दौड : एसियन क्र‍स कन्ट्रीमा नेपालले जित्यो दुई स्वर्णसहित ७ पदक

गोकर्णमा दौड : एसियन क्र‍स कन्ट्रीमा नेपालले जित्यो दुई स्वर्णसहित ७ पदक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको गोकर्णमा आयोजित १६औं एसियन क्रस कन्ट्री च्याम्पियनसीपमा नेपालले दुई स्वर्णसहित सातवटा पदक जितेको छ।

एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स सङ्घको आयोजनामा आज गोकर्ण रिसोर्टमा प्रतियोगिता आयोजना गरेको हो। सो कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।

नेपालका लागि १० किलोमिटर दौडमा दिपक अधिकारीले स्वर्ण जिते।

यस्तै, सिनियर पुरुष टिम इभेन्टमा पनि नेपाली पुरुष टिमले स्वर्ण जित्यो। नेपालले सो प्रतियोगितामा ४ रजत र दुई कास्य पदक जितेको छ।

महिला सिनियर टोलीले सो प्रतिस्पर्धामा दुई रजत पदक जिते। सिनियर महिला १० किलोमिटरमा राजपुरा पछाइले रजत पदक जितेकी हुन्। टिम इभेन्टमा पनि नेपालले रजत जितेको हो। 

प्रतियोगितामा ११ राष्ट्रका ६५ जना खेलाडी सहभागी थिए।



ट्रेन्डिङ पोस्ट

Ncell