PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

बजेटको बाकस बोकेर संसदतिर जाँदै गरेका अर्थ मन्त्री महत यस्ता देखिए

बजेटको बाकस बोकेर संसदतिर जाँदै गरेका अर्थ मन्त्री महत यस्ता देखिए

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : अर्थ मन्त्री डा प्रकाश शरण महत अर्थ मन्त्रालयबाट संसदतिर बजेटको ब्रिफकेस लिएर निस्किएका छन्। आज हुने बजेट भाषणको सबै तयारी पूरा भइसकेपछि उनी सिंहदरबारबाट संसद भवन वानेश्वरतिर लागेका हुन्। भर्खरै संसद भवन पुगेका उनी हँसिलो मुद्रामा पोज दिन तयार भए। ब्रिफकेस उचालेर फोटो पत्रकारलाई देखाएपछि मात्रै उनी भित्र प्रवेश गरेका छन्।

मुलुकको आर्थिक अवस्था 'खराब' रहेकाले धेरैले बजेटतिर नजर लगाएर बसेका छन्। बजेट भाषणको ब्रिफकेसभित्र समेटिएको छ - मुलुकको एक वर्षको आर्थित चित्र। करका दरमा हुने परिवर्तन देखि मुलुकले लिने आर्थिक नीतिसमेत समावेश हुने भएकाले ब्रिफकेसमा सबैको नजर हुने गर्छ। हरेक क्षेत्रको बजेट तथा कार्यक्रम रहेकाले जनताको तहसम्म यसको चासो हुनु स्वभाविक हो।

आजै बिहान बसेको मन्त्रिपरिषद बैठकले बजेट पास गरिसकेको छ।

सिथिल अवस्थामा रहेको अर्थतन्त्र, महँगिएको ऋणको ब्याज, सेयर मार्केटले भोगेको बियरिस ट्रेन्ड, बढ्दो महँगी लगायतका विषयलाई अर्थमन्त्री महतले कसरी सम्बोधन गर्छन् भन्ने चासो हुनु स्वभाविक हो। विकास खर्च गर्न नसक्नु र राजश्व घट्दो हालतलाई कसरी सुधारको बाटोमा लैजाने भन्नेमा धेरैले चासो राखेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell